Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देही सुपरलिगःवेष्टर्न ९० रनले विजयी


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १७, २०७९ बुधवार
  • 282
    SHARES

रुपन्देही सुपरलिगःवेष्टर्न ९० रनले विजयी


भैरहवा, फागुन १७ ।
रुपन्देहीको क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगितामा बी.एम.डब्लु. वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘ए’अन्तर्गत बुधबारको खेलमा शंकरनगर क्रिकेट क्लबलाई वेष्र्टनले ९० रनले पराजितगर्दै विजयी भएको हो । 
सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा४६.१ओभरमा सबै विकेट गुमाउँदै २ सय २३ रनको योगफल बनायो । उसका लागि रोहित पासवानले ४६, रञ्जित खड्काले ४२, सुशान्त अर्यालले ३१, अनिल शाहले २०, भुवन पाण्डेले १३ र सन्देश थापाले १२ रन बनाए । बलिङमा शंकरनगरका केशव पौडेल र विष्णु पाण्डेले समान ३–३ तथा महेन्द्र सुवेदी क्षेत्रीले २ र पदम ज्ञवालीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको शंकरनगर ४५ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ३३ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नकासन्देश थापा र अभिषेक गौतमले समान ३–३ तथाभुवन पाण्डेले २ र अनिल खरेल र अनिल शाहले १–१ विकेट लिए । शंकरनगरका केशव पौडेलले ३५, पदम ज्ञवालीले २४ र बिष्णु पाण्डेले १८ रन जोडे । खेलमा वेष्टर्नका रोहित पासवान म्यानअफ द म्याचभई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।
चैत्र ३ गतेसम्मचल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्तगर्ने छन् । प्रतियोगितामा म्यानअफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँतथाप्रत्येक खेलेको म्यानअफ द म्याचले १ हजार रुपैयाँप्राप्तगर्ने छन् ।
प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्थामिलतथाउपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार