Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

आफ्ना बुवाको स्मृतिमा पाँचौ संस्करणको क्रिकेट प्रतियोगिता गर्दै शक्ति गौचन


  • लुम्बिनी चिन्तन
  • माघ २९, २०७९ आइतवार
  • 254
    SHARES

आफ्ना बुवाको स्मृतिमा पाँचौ संस्करणको क्रिकेट प्रतियोगिता गर्दै शक्ति गौचन

बुटवल– पूर्व क्रिकेटर शक्ति गौचनले आफ्ना स्वर्गीय बुबा खड्गप्रसाद गौचनको स्मृतिमा पाँचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएका छन् । फागुन १ गतेदेखि देवदह क्रिकेट मैदानमा हुने खड्गप्रसाद गौचन स्मृति पाँचौ संस्करणको राष्ट्रिय यु–१९ क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको आइतबार बुटवलमा पत्रकार सम्मेलन गरि गौचनले जानकारी दिए ।

यसवर्ष रुपन्देहीको देवदह क्रिकेट युनिट, स्टार क्रिकेट एकेडेमी, काशी नोबेल एकेडेमी, सेन्टर क्रिकेट एकेडेमी कास्की, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, मदन भण्डारी स्पोर्टस् एकेडेमी (प्रदेश टिम) न्यु होराईजन स्पोर्टस् क्लब, धनगढी क्रिकेट एकेडेमीलाई दुई समूहमा राखेर ८ टिमबीच खेल हुनेछ । लिग आधारमा हुने खेलमा दुई समूहबीच ३–३ गरि कुल १५ खेल हुनेछ ।

प्रतियोगिताको लिग खेलहरु २५ ओभरको हुनेछ भने फाइनल खेल ४० ओभरको खेलाइने उनले बताए । क्रिकेटको विकासमा ग्रासरुटसँगै खेल पूर्वाधार महत्वपूर्ण हुने क्रिेकटर गौचन बताउँछन् । जिल्लामा विभिन्न उमेर समूहलाई समेटेर एउटा खेलाडीले कम्तीमा १० वटा लिग खेल्न पाउने गरि प्रतियोगिताहरु गरिरहेका छन् ।जुनियर क्रिकेट विकास हुने जिल्लाका रुपमा रुपन्देहीले पहिचान बनाएको भन्दै खेलको निरन्तरमा लागेको उनको प्राण छ । पाँचौ संस्करणमा पुरस्कार राशी ३० हजार रुपैयाँ छ । फाइनल खेल फागुन ११ गते सिद्धार्थनगर क्रिकेट रंगशालामा हुने उनले बताए । देवदह क्रिकेट मैदान सितलनगरमा सोमबार उद्घाटन खेल देवदह क्रिकेट युनिट र काशी नोबल एकेडेमी बीचमा खेल हुनेछ ।


लुम्बिनी चिन्तन

थप समाचार