Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

चैत्र भित्र सम्झौता कार्यान्वयन नभए टाईगर्स संघर्समा जाने


  • लुम्बिनी चिन्तन
  • चैत्र ५, २०७७ बिहिवार
  • 1.2K
    SHARES

चैत्र भित्र सम्झौता कार्यान्वयन नभए  टाईगर्स  संघर्समा जाने

भैरहवा ।  तराई मधेश जनता पार्टी टाइगर्सले सरकारसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयन लागि सरकारसँग अपिल गरेको छ । नेपाल सरकारको आग्रह अनुसार वार्ताबाट शान्ती प्रक्रियामा आए पनि सरकारले गरेको सम्झौता कार्यान्वयन नभए पछि पार्टीले भैरहवामा पत्रकार सम्मेलन गरी चैत्र भित्र कार्यान्वयन गर्न माग गरेको हो । 
‘पार्टीले विगतमा भएको ११ बुंदे सम्झौता कार्यान्वयन गर्न पटक पटक ज्ञापन पत्र बुझाए पनि अहिले सम्म कुनै बुदा कार्यान्वयन भएको छैन । हाम्रो पार्टीका नेता कार्यकर्ता अझै पनि जेलमै छन, शहिद परिवारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन ।’ पार्टीका केन्द्रीय सचिव मेजर पाण्डेले भने ।
सरकारसंग भएको सम्झौता अनुसार आफूहरुले मधेशमा शान्तिपूर्ण ढंगले राजनीति अगाडि बढाई दर्ता गरेर प्रत्यक्ष राजनितिमा आउन खोजे पनि सम्झौता कार्यान्वयन नहुदा समस्या भएको बताए । 
करिब १ दर्जन बढि कार्यकर्ता अझै हिरासतमा छन, रिहा नभएकाले यथाशिघ्र रिहाइको माग गर्दै आफूहरुले मधेशमा शान्तिपूर्ण ढंगले राजनीति अगाडि बढाउन खोजेका छौ । त्यस्तै आफ्ना नेता कार्यकर्तामाथि विचाराधिन मुद्दा भएको भए नचलाउन समेत सो पार्टीले आग्रह गरेको छ । “सम्झौतामा उल्लेख भए अनुसार हामीले एकपक्षिय रुपमा उक्त सम्झौताको पूर्ण कार्यान्वयन ग¥र्यौ तर सरकार सम्झौता कार्यान्वयनमा चुकेको महशुश गरेका छौं ।” मेजरले भने 
यसका साथै पार्टीले मेची देखी महाकाली सम्म गर्ने कार्यक्रममा सरकारले शान्ती सुरक्षाको लागी गृह मन्त्रालयबाट लिखित प्रमाण समेत माग गरेको छ । २०७१÷०७२ सालमा आफु संग भएको १३२ वटा हथियार पनि प्रहरीलाई बुझायौ । २०७१ मंसिर २६ गते वार्ता गरि तत्काल २८ वटा हथियार बुझाएर वाचा अनुसार बिक्रम सम्वत २०७२ जेठ ४ गते थप १ सय ४ वटा हथियार बुझाएको थियो । सोही समय देखी नै उनिहरु शान्तीपूर्ण रुपमा बस्दै आएका छन् ।
उनले तराई मधेश र मुलुकको आर्थिक सम्बृद्धिलाई केन्द्रमा राखि पार्टीले संघ र प्रदेशमा राजनीतिक सभा, समारोह तथा संगठन निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडी बढाउने केन्द्रिय समितीको निर्णय बमोजिम आफूहरु भूमिगत जीवन बाट खुला रुपमा बाहिर निस्केको बताए । 
हाम्रा कतिपय कार्यकर्तामाथि अझै पनि मुद्दा लागेको छ, फरार सुचिमा रहेका उनीहरु शान्तिपूर्ण रुपमा बस्न नपाएर देशबाहिर रहेका छन । चैत्र मसान्त भित्र सम्झौता अनुसारको माग सम्बोधन नभए संघर्स र शान्ति पूर्ण आन्दोलनमा जाने सचिव पाण्डे बताए ।


लुम्बिनी चिन्तन

थप समाचार