भैरहवा पौष ३०/
जापान गोजूरियो कराते डो मिसन संघ ,नेपालको आयोजनामा" जापान गोजूरियो मिशन नगर स्तरीय कराते प्रतियोगिता २०७९ "सम्पन्न भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं ६ स्थित गोरकटवा रिभर साइड खेल मैदानमा भएको कराते प्रतियोगितामा विभिन्न तौल समुहमा देवदह डोजो ५ स्वर्ण ,रजत ४ र कास्य १ गरि जम्मा १० पदक सहित प्रथम हुन सफल भएको छ भने दीप बोर्डिङ ३ स्वर्ण र २ रजत सहित दोस्रो भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका उप-प्रमुख जागेश्वरी चौधरीले कराते खेल स्वास्थ्य र राष्ट्रको लागि मात्र नभई आत्मसुरक्षाको लागि पनि अपरिहार्य भएकोले खेल र खेलाडीको निम्ति सहयोग गर्न आफु लगायत सिंगो तिलोत्तमा नगरपालिका सदैव तयार रहेको बताउनु भयो ।
विशिष्ट अतिथि संघका प्रमुख सल्लाहकार तथा नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर के सीले सबै स्थानीय सरकारहरूबाट कराते खेल बिकासका निम्ति सहयोग र सदभाव प्राप्त भए मात्र खेल र खेलाडीको संरक्षण र सम्बर्द्धन हुने बताउनु भयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गणेश पाठक , कार्यपालिकाका सदस्य नर बहादुर छ्न्तेल , नेपाल कराते महासंघका केन्द्रिय सदस्य एंव राष्ट्रिय रेफ्री अमीर राई ,राष्ट्रिय खेलकुद परिषदका कराते प्रशिक्षक उमेश थापा ,नेपाल सितोरियो कराते संघ रूपन्देहीका अध्यक्ष कृष्ण देवकोटा ,रिभर साइड युथ क्लबका अध्यक्ष दिवश थापा ,योगेश प्रधान ,प्रेम राना मगर , जितु थापा र पवन जि सिले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतियोगितामा निर्णायक भूमीका पुष्प पौडेल ,विपिन राना, राज कुमार हरिजन ,नेहा श्रीस, माधव चौधरी ,सोनिया विश्वकर्मा ,रिमा कुमाल,दिल माया राना र समीर बि कले गर्नु भएको थियो । संघका केन्द्रिय अध्यक्ष एंव प्रमुख प्रशिक्षक के वि राना (काजी ) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संघका रूपन्देही सचीव सन्तु डि थारूले गर्नु भएको थियो भने कार्यक्रम संचालन उमेश थापा लाटोमगरले गर्नु भएको थियो ।