भैरहवा पौष ३०/
सिद्धार्थ रंगशालामा शनिवार ५६ पुर्व क्रिकेट खेलाडीहरु मैदानमा देखिए । रुपन्देही क्रिकेट संघको आयोजनमा रुपन्देही लिजेन्डस् क्रिकेट प्रतियोगितामा सहभागीता जनाउन जिल्ला भरका ५६ क्रिकेट खेलाडीहरु सहभागी थिए ।
बुटवल क्षेत्रबाट दुई र भैरहवा क्षेत्रबाट दुई गरि चार वटा टिमले मैत्रिपुर्ण खेलमा सहभागीता जनाएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरी बहादुर थापाले जानकारी दिए । पुर्ब खेलाडीहरुलाई खेलमा सकृय बनाई राख्न र जुनियर खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष हरी बहादुर थापाले जानकारी दिए ।
दश ओभरमा खेलाईएको प्रतियोगितामा फाईनलमा भैरहवा क्षेत्रका रातो र हरियो टिम सहभागी भएका थिए । प्रतियोगितामा रातो टिम बिजयी बनेको थियो । प्रतियोगीताको उद्धघाटन उधोगी तथा समाजसेबि रिसि केश अग्रवालले गरेका थिए ।
प्रतियोगितामा रातो टिमका क्याप्टेन बसन्त शाही रहेका थिए भने हरीयो टिमका क्याप्टेन दुर्गा सेन रहेका थिए । पहिले ब्याटीड. गरेर हरियो टिमले दश ओभरमा ५१ रन बनाएको थियो ।
५२ रनको लक्ष्य लिएको रातो टिमले ९ दशलमब ३ ओभरमा ६ बिकेट गुमाउदै लक्ष्य पार गरेर उपाधि जीतेको थियो । प्रतियोगीतामा रुपन्देहीका ५६ जना पुर्ब खेलाडी , अम्पायर र टेक्निकल टिमहरुको सहभागीता रहेको थियो ।
सिद्धार्थनगर उधोग बाणिज्य संघका उपाध्यक्ष नेत्र आर्चायको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा बिजेता खेलाडी , अम्पायर र टेक्निकल टिमलाई सम्मानित गरिएको थियो ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरी बहादुर थापाको अध्यक्षता बसन्त शाहीको संचालनमा सम्पन्न समापन कार्यक्रममा बिशिष्ठ अतिथी पुर्ब अध्यक्ष अनुप थापा , लुम्बिनी निमार्ण ब्यावसायि संघका अध्यक्ष बिनय ज्ञवाली लगायतको सहभागीता रहेको थियो ।