Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरको आयोजनामा भैरहवामा लायन साईकल यात्रा कार्यक्रम सम्पन्न


  • लुम्बिनी चिन्तन
  • पौष २४, २०७९ आइतवार
  • 396
    SHARES

लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरको आयोजनामा भैरहवामा लायन साईकल यात्रा कार्यक्रम सम्पन्न

भैरहवा पौष २३/
लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले मेलभिन जोन्सको जन्मोत्सवको अवसरमा भैरहवामा लायन साईकल यात्रा कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार भैरहवामा साईकल सिटि सिद्धार्थनगर संग समन्वय गरि सिद्धार्थनगर क्षेत्रमा साईकल यात्रा गरेको क्लवका अध्यक्ष सुनिल सेन्चुरीले जानकारी दिए । भैरहवाको लुम्बिनी गेट बाट सुरु भएको साईकल यात्रा एयरर्पोट , गल्लामण्डी , मेडिकल कलेज , आंखा अस्पताल , बुद्धचोक हुदै बैकरोडमा आएर समापन भएको थियो । 

fffffffffffffff.jpg
समापन समारोहमा बोल्दै साईकल सिटि भैरहवाका अध्यक्ष सुरु सारु मगरले भैरहवामा साईकल लेनको आवस्यकता रहेको बताए । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरको बिकासका लागी सबैको सहकार्य आवस्यक रहेको बताउदै सिद्धार्थनगरको सुन्दरता कायम गर्न जथाभावि फोहर फाल्ने बानीको अन्त्य गर्नु पर्ने बताईन । साईकल लेन बिस्तारका लागी सबैको सहयोग आवस्यक रहेको उनको भनाई थियो ।

gggggggggggg.jpg
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पिएमजेफ नवराज न्यौपानेले लायन्स क्लवले समाजका लागी धेरै काम गरेको बताउदै मेलभिन जोन्सको साता ब्यापी कार्यक्रमका अवसरमा भैरहवा स्थित भिम अस्पताललाई आवस्यक मेडिकल सामाग्री हस्तान्तरण गर्ने लागेको बताए ।

ee.jpg
कार्यक्रममा सहभागी साईकल यात्रीहरुलाई बिभिन्न बिधाहरुमा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नुर मदन थापा , आस्मिनी खरेल , संस्कार श्रेष्ठ, आदित्य थापा , बविता पुन गुरुड. , अमन सेरचन , दिब्यम भट् लाई सम्मानित गरिएको थियो ।

gg.jpg
कार्यक्रममा साईकल सिटि भैरहवा र बुटवल युनाईटेड लाई सम्मानीत गरिएको थियो । प्रोग्रेसिभका अध्यक्ष सुनिल सेन्चुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ पि का पिएम जे एफ नवराज न्यौपाने , सल्लाहकार प्रेम कुमार सेन्चुरी , राजेश खरेल , दिपक कौषल , बिनय कसौधन , दुर्र्गा आर्चाय लगायतको सहभागीता रहेको थियो । कार्यक्रम कन्चन श्रेष्ठको संयोजन तथा संजोक राज तिवारीको संचालनमा सम्पन्न भएको थियो ।

cc.jpgaa.jpgdd.jpg


लुम्बिनी चिन्तन

थप समाचार