तिलाेत्तमा, २२ पाैष /
परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–११ को आयाेजनामा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/ श्री रण अम्बिका शाह आँखा अस्पतालकाे प्राबिधिक सहयाेगमा तिलाेत्तमा नगरपालिका वडा नम्बर १२ काे शिवपुर मा बि मा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
सहकारीका अध्यक्ष कपिला ए.सी. रायमाझीको अध्यक्षता, तिलाेत्तमा नगरपालिका का मेयर रामकृष्ण खाणकाे प्रमुख आतिथ्यता, मा सहकरीका उपाध्यक्ष महेश ए.सीकाे स्वागत तथा सचिव नविनराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा ती.न.पा. ११ का वडा अध्यक्ष बिष्णु बहादुर बराल र अस्पतालका बरिष्ठ नेत्र अधिकृत शुसन नकर्मीले बोलेका थिए । शिविरमा ३५० जनाकाे सहभागीता रहेकाेमा ५० जनाकाे माेतिया बिन्दकाे शल्यकृयाकाे लागि लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/ श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवा रिफर गरिएकाे अस्पतालका शुचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिए ।