Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भारतको पुनेमा जारी प्रतियोगितामा नेपालका खेलाडि सिद्धार्थ राना मगरले एक गोल्ड मेडल र सिल्भर हात पारे


  • लुम्बिनी चिन्तन
  • पौष १२, २०७९ मंगलवार
  • 748
    SHARES

भारतको पुनेमा जारी प्रतियोगितामा नेपालका खेलाडि सिद्धार्थ राना मगरले एक गोल्ड मेडल र सिल्भर हात पारे

उमेश थापा मगर , भारत पौष १२/

भारतको महाराष्ट्र प्रदेश पुने शहरमा भैरहेको NKFI International Karate & Kick Boxing Championship-2022 प्रतियोगितामा नेपालले क्यूमुटेमा प्रथम , काता तर्फ अन्तर आठ बर्ष उमेर समुहमा सिद्धार्थ राना मगरले कातामा दोश्रो ,क्यूमुटेमा ८ बर्ष समुहमा प्रथम मेडल ल्याएर खाता खोलेका छन् ।।

बिजेता रानालाई संघका रुपन्देही जिल्ला अध्यक्ष उमेश थापाले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नु भयो । नेशनल कराते फेड्रेशन अफ इण्डियाको आयोजनामा भारतको पुणे स्थित नेताजी सुवास चन्द्र बोस मिल्ट्री स्कुल इनडोर स्टुडियममा भै रहेको छ । उक्त प्रतियोगितामा नेपाल ,भारत ,बंगलादेश श्रीलंका र भुटानका राष्ट्रिय कराते खेलाडी सहभागी रहेका छ्न ।

नेपालबाट जापान गोजूरियो कराते डो मिसन संघका विभिन्न तौल समूहका एघार जना राष्ट्रिय कराते खेलाडीहरू सहभागी रहेको छ । नेपालबाट सहभागी हुनु भएका सम्पुर्ण खेलाडीहरूले गोल्ड मेडल ल्याउनेमा आफु विश्वस्तरहेको प्रमुख प्रशिक्षक तथा संघका अध्यक्ष काजी रानाले बताउनु भयो ।

प्रमुख प्रशिक्षक काजी रानाको लगनशीलता र मेहेनतले खारिएका नेपाली खेलाडीहरू अब्बल र सक्षम रहेको साथै विगत देखि नै उत्कृष्ट खेल प्रदर्शन गरेको स्मरण गर्दै यसपाली पनि उत्कृष्ट खेल प्रर्दशन गर्ने एन के एफ आई नेशनल कराते फेड्रेशन अफ ईन्डियाका संस्थापक टेक्निकल डाइरेक्टर राजु थापाले बताउनु भयो ।

संघका प्रमुख सल्लाहकार भरत बहादुर के सी प्रतियोगितामा सहभागी सबै टिमलाई पराजित गरि नेपाल प्रथम हुनेमा ढुक्क रहेको बताउनु भयो । आज साझ सम्म सबै नतिजा आई सक्ने केन्द्रिय सचीव गिरि प्रसाद पुनले बताइनु भयो ।प्रतियोगिता डिसेम्बर २६ र २७ गते सम्म चल्ने छ । स्मरणीय रहोस यस भन्दा अगाडि थुप्रै प्रतियोगिताहरूमा नेपाल धेरै पटक प्रथम भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार