भैरहवा पौष ६/
मायादेवी गांउपालिकाले महिलाहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागी प्रजनन रुग्णता ः पाठेघर को मुखको क्यान्सर आङ्ग खस्ने ,फिस्टुला,स्तन क्यान्सर संबन्धि स्क्रिनिङ्ग क्याम्प सम्पन्न गरेको छ ।
मायादेवी गांउपालिका स्वास्थ्य शाखाले पालिकाको वडानं १,२ र ४ नं वडामा गरेको स्वास्थ्य परिक्षणमा ४ सय १ जना महिलाले स्वास्थ्य लाभ लिएका थिए ।

स्वास्थ्य परिक्षणका क्रममा ७२ जना महिलामा भि आई ए जाँच पोजेटिभ रिर्पोट देखीएको थियो भने २३ जना महिलामा आंड. खस्ने समस्या देखिएकोमा रिड.पेसरी प्रयोग गरि समस्या समाधान गरिएको थियो ।
भि आई ए जाँच पोजेटिभ देखीएका ७२ जना महिलालाई पुन चेक जांच गरिने र त्यसमा पनि पोजेटिभ देखीए थप उपचारका लागी रिफर गरिने गांउपालिकाकी स्वास्थ्य शाखा नर्सिड. ईन्र्चाज सर्मिला शर्माले बताईन ।

आधारभूत स्वास्थ्य सेबाकेन्द्र मायादेवी पिपरहवामा १ सय ३६ जना महिलाहरु लाई जाँच,उपचार तथा परामर्श सेबा दिदाँ २० जनाको भि आई ए जाँच पोजेटिभ आएको र १३ जनाको आँङ्ग खस्ने समस्या को रिङ्ग प्रेसरि बाट उपचार गरिएको थियो ।
कार्यक्रममा गाँउपालिका अध्यक्ष धुर्ब नारायण चौधरि बार्ड न २ का अध्यक्ष अगनु यादब र वार्ड न. ७ का अध्यक्ष शैलेन्द्र कुमार पान्डेले स्वास्थ्य शिविरलाई निरन्तरता दिने बताए ।

पालिका भित्र रहेका महिलाहरुमा समस्या धेरै रहेको पाईएपछि पालिकाले स्वास्थ्य शाखा संग समन्वय गरि मायादेबीका ८ बटै वार्ड हरुमा शिविर संचालन गर्ने गांउपालिका अध्यक्ष धुर्वनारायण चौधरीले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा महिला रोग बिशेषज्ञ डा. सरस्वती श्रेष्ठले महिलाहरुको स्वास्थ्य परिक्षण गर्नु भएको स्वास्थ्य शाखा नर्सिड. ईन्र्चाज सर्मिला शर्माले जानकारी दिईन ।
