भैरहवा मंसिर ५/
रुपन्देही सदरमुकाम भैरहवामा सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले एक महिनाका लागि ‘होलबडी’ चेकजाँचमा विशेष छुटको अफर ल्याएको छ ।
अस्पतालको यस क्षेत्रका नागरिकलाई मध्यनजर गर्दै छिटोछरितो एवं सर्वसुलभ दरमा सेवा दिने उद्देश्यलाई आफ्नो सामाजिक उत्तरदायित्व सम्झिएर उक्त अफर ल्याएको हो । ‘यो अफरले अहिलेसम्म अस्पताल गएर चेकजाँच नगरेका आमनागरिकलाई पनि एकपटक आफ्नो शरीर जाँच गराउँ न भन्ने मनोभावना बृद्धि गर्नेछ’, अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले भने ।
हस्पिटलले यस क्षेत्रका बासिन्दालाई लक्षित गरि छिटोछरितो सेवासुविधा लिनको लागि काठमाडौं तथा भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अत्याधुनिक ल्याव व्यवस्थासहित यही पुस १ गतेदेखि ३० गतेसम्मका लागि होलबोडी चेकजाँचमा विशेष छुटको व्यवस्थासहित सेवा संचालन गरेको प्रबन्ध निर्देशक पौडेलल बताए ।
२०६७ भदौमा १५ शश्याबाट स्वीकृति लिई सेवा सुभारम्भ गरेको यस हस्पिटल हाल एक सय शश्यामा स्तर वृद्धि हुदै आफ्नै भवनमा सेवा संचालन गर्दै आएको छ ।
स्वास्थ्य परीक्षणले मानव स्वास्थ्यमा भएका तथा बिना लक्षण लुकेर रहेका स्वास्थ्य समस्याको बारेमा पत्ता लगाउन सहयोग गर्छ । मानव शरिरमा हुने जुनसुकै शारिरिक स्वास्थ्य समस्याहरु समयमा नै पत्ता लगाई बचाउ गर्न सकेमा दिर्घरोग लाग्नबाट बच्न सकिन्छ र त्यसबाट हुनसक्ने अप्ठ्यारो लाई न्यूनिकरण गर्न सकिन्छ । ‘त्यसैले मानव शरिरमा आउने परिवर्तन तथा स्वास्थ्य समस्याको समयमा पत्ता लगाई स्वस्थ जीवन यापन गर्नका लागि स्वास्थ्य परीक्षण अत्यन्त आवश्यक हुन्छ’, हस्पिटलका वरिष्ठ फिजिसियन डा. संजयप्रसाद शाहले भने, ‘यही कारण पनि हामीले सबै नारिकले सेवा लिनतयार हुनुहोस् भनेर होलबडी जाँचमा विशेष छुट दिएका छौं ।’
शारिरिक जाँच तथा विभिन्न डाईनोस्टिक इन्भेष्टिगेसन मार्फत स्वास्थ्य अवस्था कस्तो छ भनेर जाँच गर्ने गर्ने प्रक्रियालाई स्वास्थ्य परीक्षण भन्छि । पूर्णरुपमा स्वस्थ रहेका व्यक्तिहरुले पनि स्वस्थ जीवन यापन गर्नका लागि यो परीक्षण गर्न आवश्यक रहेको शाहले बताए । ‘स्वास्थ्य प्याकेज’ मा गरिएका परीक्षणमा अहिले सामान्य देखिएको भए पनि चिकित्सकको सल्लाह बमोजिम ६ महिनादेखि १ वर्ष भित्र नियमित जाँच गराउनुका साथै स्वस्थ जीवन यापनमा ध्यान दिनुपर्ने उनले बताए । डा.शाहका अनुसार धुम्रपान तथा मध्यपान गर्ने व्यक्ति, मोटोपन भएका व्यक्तिहरु, मधुमेह, उच्च रक्तचाप भएका व्यक्ति, परिवारमा वंशाणुगत दिर्घरोग भएका व्यक्ति, नियमित औषधी सेवन गर्ने व्यक्तिले स्वास्थ्य परीक्षण गर्न जरुरी हुन्छ । ‘स्वास्थ्य प्याकेज’ अन्तर्गत आधारभूत तथा उच्चस्तरका जाँचहरु समावेश गरिएको हुन्छ । ती जाँँचहरुलाई छुट्टाछुट्टै गर्दा प्याकेजमा भन्दा महङ्गो पर्ने भएकाले नियमित रुपमा भइरहेको ‘हेल्थ प्याकेज’ मा जाँच गराउने अस्पतालले आमनागरिकलाई आग्रह गरेको छ ।
‘हामीले सिटी हस्पिटलमा विभिन्न समय तथा अवसर पारेर ७ हजार पर्ने परीक्षणलाई जम्मा ३ हजार ५ सयमा जाँच गर्ने गरोका छौं । यस प्याकेज अन्तर्गत थाईराईड, सुगर, कोलेस्ट्रोल, किड्नी फङ्सन टेस्ट, पिसाब जाँच, छातिको एक्सरे, भिडियो एक्सरे, इसिजी लगायतका जाचहरु गरि डाक्टरसंग जाँच तथा परामर्श सेवा उपलब्ध गराउँदै आएका छौं’, प्रबन्ध निर्देशक पौडेलले भने ।
यस प्याकेजमा रहेका परीक्षण लगायत अन्य जाँच गर्न चाहनेहरुका लागि हस्पिटलले ‘उच्चस्तरका प्याकेज’ पनि प्रदान गरिरहेको छ । ‘यस प्याकेजमा माथि उल्लेखित जाँचबाहेक एचबीएवानसी, भिटामिन डी र भिटामीन बी–१२ छन्’, पौडेलले भने । हस्पिटलले दिने सम्पूर्ण सेवाहरु एउटै छानामुनि रहेकाले बिरामीलाई उपचारमा केही समस्या नहुनुको साथै अत्याधुनिक ल्याव, हाई फिरक्वन्सी डिजिटल एक्सरे, भिडियो एक्सरे तथा ६४ सलाइस सीटी स्क्यान छ ।