Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि लाफा समूहलाई


  • लुम्बिनी चिन्तन
  • पौष २, २०७९ शनिवार
  • 358
    SHARES

जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि लाफा समूहलाई

भैरहवा, पुस २ ।

रुपन्देहीको भैरहवामा सम्पन्न जिल्लास्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलकाे लाफा समूहले जितेको छ ।

शनिबार लुम्बिनी राष्ट्रिय महाेत्सव संचालनस्थल अंचलपुरमा आयाेजित फाइनल खेलमा विन्जन बस्नेत र नारायण पौडेलको समूहले लाफा समूहकै पुरन गाहा र पुरन श्रीसको टीमलाई पराजित गर्दै उपाधि जितेको हो । गाहा र श्रीसको टीमले उपबिजेतामा चित्त बुझायो ।

फाइनलमा बस्नेत र पौडेलको टीमले २१-१९ र २१-१५ को सोझो सेटमा गाहा र श्रीसकाे टीमलाई हराउँदै उपाधि जितेको हो । उपाधिसँगै बिजेता टिमले नगद १५ हजार, उपबिजेताले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा तामनगर ब्याडमिन्टन क्लबका केशव तिवारी र मदन सुवेदी तथा तामनगरकै सुभाष कर्माचार्य र रामजी न्यौपानेको टिमले तृतिय स्थान हासिल गरि नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई नेपाल उद्याेग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेशकुमार अग्रवाल, महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपक पौडेल, सिद्धार्थ उद्याेग बाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्ष अरुणकुमार गोयन्का, महासचिव बिजय पाण्डे, सचिव दीपेन्द्र प्रधान, खेलकुद संयोजक हरिबहादुर थापा, प्रचार-प्रसार संयोजक कृष्णप्रसाद घिमिरे लगायतले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

आठौं लुम्बिनी राष्ट्रिय महोत्सव-२०७९ को अवसर पारेर सिद्धार्थ उद्याेग बाणिज्य संघले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । यसले पछिल्लो समय लोकप्रिय मानिएको ब्याडमिन्टन खेलको प्रवर्द्धन हुने र खेल संस्कृतिकाे विकासमा टेवा पुग्ने आफूहरुकाे अपेक्षा रहेकाे खेल संयोजक थापाले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार