Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सामूहिक खेलकुद महोत्सवः छात्रछात्रा भलिबल उपाधि युनिक होम्स र मनकामनालाई


  • लुम्बिनी चिन्तन
  • मंसिर २४, २०७९ शनिवार
  • 312
    SHARES

सामूहिक खेलकुद महोत्सवः छात्रछात्रा भलिबल उपाधि युनिक होम्स र मनकामनालाई


भैरहवा मंसिर २४/
सामूहिक खेलकुद महोत्सवको भैरहवामा जारी १९ औं संस्करण अन्तरगत भलिबल खेलमा छात्र तर्फ युनिक होम्स धकधई र छात्रा तर्फ मनकामना स्कुल भैरहवा(एअरपोर्ट) बिजयी भएका छन् ।
युनिक होम्सले लर्ड गौतम बुद्ध स्कुललाई २–० सेटले पराजित गर्दै छात्र भलिबल बिजेता भएको हो। युनिकले पहिलो सेट २६–२४ ले जित्दा दोश्रो सेट २५–१८मा आफनो पक्षमा पारेको थियो ।
सेमिफाइनलमा युनिक होम्सले युनिभर्शलललाई तथा लर्ड गौतमबुद्धले प्mयुचरलाइट स्कुललाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।
छात्र तर्फ तृतिय स्थानका लागि भएको खेलमा युनिभर्शलले फ््युचरलाइट लाई हराउदै तेश्रो स्थानमा सुरक्षित रहयो ।
उता छात्रा तर्फ मनोकामना स्कुलले सञ्जिवनि शिक्षा निकेतनले २–० सेटले हराउदै छात्रा भलिबल तर्फ च्याम्पियन बन्न सफल भयो । मनोकामनाले पहिलो सेट २५–१९ले जित्दा दोश्रो सेट २५–२१ले आफनो पक्षमा पार्न सफल भयो ।
सेमिफाइनलमा मनोकामनाले आदर्श बिद्या मन्दिर(एभिएम)लाई तथा सञ्जिवनि शिक्षा निकेतनले नालन्दा माबिलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।
छात्रा तर्फ तृतिय स्थानका लागि भएको खेलमा आदर्श बिद्या मन्दिर बिजयी भएको छ । आदर्शले नालन्दालाई २–० सेटमा सजिलै पराजित गर्न सफल भयो । पहिलो सेट २५–८ तथा दोश्रो सेट २५–९ले सजिलै संग आफनो पक्षमा पार्न आदर्श सफल भयो ।
प्रतियोगितामा छात्र तर्फ बेष्ट ब्लकर युनिक होम्सका बिकाश कुमार यादव, बेष्ट डिफेन्स फ्युचरलाइटका अनुप कुवर, बेष्ट सटर युनिक होम्सका संगम यादव, बेष्ट स्पाईक लर्ड गौतमबुद्धका बिनोद रेश्मी मगर तथा बेष्ट प्लेयरमा युनिक होम्सका देव नारायण घर्ति घोषित हुदै पुरस्कृत भए ।
त्यस्तै छात्रा तर्फ बेष्ट सर्भर सञ्जिवनिकी प्रतिमा चौधरी, बेष्ट डिफेन्समा सञ्जिवनिकै दिब्या भुषाल, बेष्ट सटरमा मनोकामनाकी अनिष्का गुरुंग, बेष्ट स्पाइकरमा आदर्शकी प्रमिशा थापा तथा बेष्ट प्लेयरमा मनोकामनाकी सेलिना घताने घोषित हुदै पुरस्कृत भए ।
प्रतियोगिताको अन्य ट्रयाक एन्ड फिल्डका बाकी खेल तथा समापन आजनै हुने सामूहिक खेलकुद महोत्सव २०७९का संयोजक मनोज कुमार यादवले बताए । 

 


लुम्बिनी चिन्तन

थप समाचार