Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भैरहवामा जारी अन्तरविद्यालय क्रिकेटः शान्ति नमूना स्कुललाई उपाधि


  • लुम्बिनी चिन्तन
  • मंसिर २४, २०७९ शनिवार
  • 312
    SHARES

भैरहवामा जारी अन्तरविद्यालय क्रिकेटः शान्ति नमूना स्कुललाई उपाधि

 

भैरहवा, मंसिर २४।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको उपाधि शान्ति नमूना माविले जितेको छ ।
 
सिद्धार्थ रंगशालामा आयोजित फाइनलमा लुम्बिनी शिक्षा निकेतन, मायादेवी गाउपालिकालाई १ रनले पराजित गर्दै शान्ति नमुनाले उपाधि सहित ३० हजार रुपैया पुरस्कार प्राप्त गरेको छ ।उपबिजेता लुम्बिनी शिक्षा निकेतनले १५ हजार रुपैया प्राप्त गरयो ।

2 st khel photo.jpg
शान्ति नमुनाले उपाधि जित्दा उस्का ब्याटसम्यान स्वस्तिक पराजुलीले ३९ बलमा ४ चौकाको मद्धतले ३८ रन बनाएका थिए । शान्तिका अन्य ब्याटसम्यानहरुले दोहोरो अंकको रन बनाउन सकेनन् । शान्तिको टिम १ बल बाकी छदै अल आउट हुदा ९२ रन बनाउन सफल भएको थियो । अतिरिक्त रन २५ आएको थियो । बलिंगमा लुम्बिनी शिक्षा निकेतनका अब्दुल हबिबले ३ तथा सब्रे आलम र अब्दुल नदिम सेखले समान एक एक विकेट पाए ।
 
जितका लागि ९३ रनको लक्ष्य पाएको लुम्बिनी शिक्षा निकेतनले निर्धारीत २० ओभरमा ६ विकेटको क्षेतिमा ९१ रनमात्र बनाई १ रनले पराजय ब्यहोरयो । अन्तिम बलमा जितका लागी ३ रन चाहिएकोमा १ रन मात्र बनाउन सकेका थिए । लुम्बिनी शिक्षा निकेतनका लागि अमन यादवले २९ र सन्दिप लोधले २७ रन बनाएका थिए । शान्ति नमुनाका आसुतोष पाण्डेले २ तथा रोशन खनाल, स्वस्तिक पराजुली र सागर भण्डारीले एक एक विकेट लिएका थिए ।
 
 प्रतियोगिताका उत्कृष्ट खेलाडी प्लेयर अफ टुुर्नामेन्ट उपाधि बाट शान्ति नमुनाका स्वस्तिक पराजुलि घोषित भई  ५ हजार रुपैया प्राप्त गरे । पराजुलिले उत्कृष्ट ब्याटसम्यानको पुरस्कार २ हजार ५ सय रुपैया समेत पाउदा प्लेयर अफ द फाइनलको उपाधि समेत जिते । त्यसै गरी शान्ति नमुनाकै  आशुतोष पाण्डेले उत्कृष्ट बलरको पुरस्कार  पाए । उनले २ हजार ५ सय रुपैया प्राप्त गरे ।
 
प्रतियोगितामा अनुशासित टिम काशि नोबल एकेडमी घोषित भए । बिजेता तथा उप बिजेता बिद्यालयका खेलाडीलाई पदक, प्रमाणपत्र,ट्रफी तथा नगद पुरस्कार प्रमुख अतिथी रुपन्देही क्षेत्र नम्बर ३ (१)का नवनिर्बाचित प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डे,  बिशिष्ट अतिथी उद्योगपति एवं रुपन्देही क्रिकेट संघका सल्लाहकार ऋषिकेश अग्रवाल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, भन्सार एजेन्ट संघ नेपालका निबर्तमान अध्यक्ष डा. शान्त कुमार शर्मा, मुख्य प्रायोजक सस्था पर्वत ज्वेलर्शका प्रबन्ध निर्देशक बिमल सेन्चुरी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, सचिब सञ्जय गुरुंग लगायतले प्रदान गरेका थिए ।
 
रुपन्देही क्रिकेट संघको आयोजनामा गत आईतबार बाट सुरु भएको प्रतियोगितामा रुपन्देहीका  सामुदायिक तथा निजी गरी १३ बिद्यालयको सहभागिता थियो । प्रतियोगिताको मुख्य प्रायोजकमा पर्वत ज्वेलर्स रहेको थियो । 

 


लुम्बिनी चिन्तन

थप समाचार