Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भिम अस्पतालको सेवामा सुधार , न्युनतम सेवा मापदण्डमा ८८ अंक प्राप्त


  • लुम्बिनी चिन्तन
  • मंसिर २२, २०७९ बिहिवार
  • 814
    SHARES

भिम अस्पतालको सेवामा सुधार , न्युनतम सेवा मापदण्डमा ८८ अंक प्राप्त


भैरहवा मंसिर २१/
जिल्लाकै पुरानो अस्पताल भिम अस्पतालले आप्नौ सेवामा सुधार गर्दै लगेको छ । अस्पतालले उपचार सेवामा सर्बसाधारणको मन जित्दै बार्षिक एक लाख बिरामीलाई सेवा प्रदान समेत गरेको छ । 
बुधवार अस्पताल परिषरमा आयोजित न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तरगत अस्पतालको अनुगमन मुल्याड.कन समिक्षा गोष्ठि कार्यक्रममा सुधारका सुचकहरु पार गर्दै अस्पतालले ८८ प्रतिशत अंक प्राप्त गरेको छ । 
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद कुमार गिरिले अस्पतालले सुधारका धेरै काम गरेको बताउदै सरकारी अस्पताहरुको सुचीमा राम्रो सेवा प्रदान गर्नेमा चौथौ पांचौ  स्थानमा रहेको बताए । 
केही बर्ष देखी रुपन्देहीको पुरानो अस्पतालका रुपमा रहेको भीम अस्पताल लाई सुधार गर्ने योजना अघि सारिएको थियो । अस्पतालबाट अहिले २४सै घन्टा फार्मेसी, ल्याब र एक्सरे सेवा प्रदान गर्दै आएको अस्पताल ब्यावस्थापन समितीका अध्यक्ष नारायण भण्डारीले बताए । अस्पतालले ल्याव लाई ब्यावस्थित गरि सबै सुबिधाहरु प््रदान गर्ने गरेको अध्यक्ष भण्डारीले बताए । 

bhim hospital 3.jpg
हामीले भिम अस्पताललाई अझै ब्यावस्थित गर्दै अगाढी बढाउछौ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शकुन्तला गुप्ताले भन्न्नि । अस्पतालमा चौबीसै घन्टा सेवा प्रवाह गदै बिरामिलाई सम्पुर्ण सेवाहरु अस्पताल परिषर बाट दिदै आएका छौ गुप्ताको भनाई थियो । 
अस्पतामा आयोजित कार्यक्रममा स्वास्थ्य निर्देशनालयका तर्फ बाट एम एस एस श्रोत ब्याक्ती पृथ्वि चन्द्र अस्पताल नवलपरासिका डा मोहमद नुरुलले अस्पतालले प्रदानगर्ने सेवाहरु बाट ८८ प्रतिशत अंक प्राप्त गरेको बताए । 
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद कुमार गिरिले अस्पतालले सुधारका धेरै काम गरेको बताउदै अस्तालले अझै प्रगति गर्नु पर्ने बताए । सरकारी अस्पतालहरुको संख्यामा अझै पछि चौथौ पांचौ स्थानमा रहेकाले पहिलो अस्पतालको सेवामा सुधार गरि अगाडी बढ्न सुझाव दिए । 
अस्पतालका जनस्वास्थ्य निरिक्षक बाबुराम बिकको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितीका संयोजक उमाकान्त चापागाई , जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व कुवर , सिदार्थनगर नगरपालिकाका मेयर ईस्तियाक अहमद खांन लगायतले बोल्दै अस्पतालले सुधारका कामहरु धेरै गरेको बताउदै अस्पताललाई अझै अगाढी बढ्न सुझाव दिए । 
विसं १९९० सालमा स्थापना कालमा ३ शैयाबाट सुरु भएको अस्पताल २०३५ सालमा १५ शैया र २०४१ सालबाट २५ शैयाको सुविधा प्रदान गर्दै आएको थियो । त्यसपछि यस अस्पताललाई ५० शैया हुदै १०० शैयाको सुबिधासम्पन्न अस्पताल बनाउने तयारीमा छ । अस्पतालको भौतीक पुर्वाधारका कामहरु पनि तिब्र रुपमा अहिले भैरहेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार