भैरहवा मंसिर २०/
सामुहिक बिधालय परिवार रुपन्देहिको आयोजनामा १९ औं सामुहिक खेलकुद महोत्सव २०७९ भैरहवामा सुरु भएको छ ।
कोरोना महामारीका कारणले केही समय रोकिएता पनि महोत्सवले फेरि निरन्तरता पाएको छ । सामुहिक बिधालय परिवार , रुपन्देहिका अध्यक्ष उदय कुमार मल्लिक को अध्यक्षतामा सम्पन्न उद्धघाटन कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही रहनु भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै उहाले योग्य बालबालिकाको क्षमता र दक्षताको पहिचान गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो । यस प्रकारका गतिबिधिहरुले सहि प्रतिभाले उचित मौका पाएमा अब्बल साबित हुँदै देशको एक असल नागरिकको रुपमा आफुलाइ स्थापित गर्न सक्ने उहाले बताउनु भयो ।
‘जोश र उत्साहका लागि खेलकुद’ भन्ने नाराका साथ विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुद लगायतका प्रतिष्पर्धात्मक क्रियाकलापको विकास गर्न विगत १९ वर्ष झै प्रतियोगिता आयोजना गरेको हो । उदघाटन पुर्ब खेलकुद र्याली भैरहवाको बुद्धचोकबाट निस्केको थियो ।
र्यालीमा छात्रछात्रा , शिक्षक, प्रशिक्षक, तथा शुभेच्छुकहरुको सहभागिता थियो । र्याली बुद्धचोक, बर्मेली टोल, नारायणस्थान, प्रहरीटोल, मैत्रीपथ, निर्भाणा होटल हुदै पक्लिहवा स्थित कृषि क्याम्पसको खेल मैदानमा पुगेको थियो । परिवारमा रहेका नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम राख्दै विद्यार्थी, शिक्षक र अभिभावकमा पनि समबन्ध जोड्नका लागि प्रतियोगिताले भुमिका खेल्दै आएको छ ।
शिक्षाको साथै सामाजिक र खेलकुदमा पनि उत्तरदायित्व बहन गर्दै परिवारले विविध कार्यक्रमहरु गर्दै आएको अध्यक्ष उदय कुमार मल्लीकले बताउनु भयो । प्रतियोगिताको मुख्य उद्धेश्य छात्र तथा छात्रालाई शारिरीक तथा मानसिक रुपमा स्वास्थ्य राख्नु तथा उनिहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउने प्लेटफर्मको श्रृजना गर्नु रहेको खेलकुद महोत्सबका संयोजक मनोज कुमार यादवले बताउनु भयो ।
समूहमा आबद्ध १८ विद्यालयका एक हजार ४ विद्याथीहरु वीचहुने खेल महोत्सव ३ तहमा विभाजन गरी प्रतियोगिता गराइने छ । कक्षा १देखि ३ सम्मको सबजुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७देखि १० सम्मका सिनियर गरी ३ तहमा हुने प्रतियोगितालाई छात्रा र छात्र गरि २ विधामा प्रतियोगिता गराइने संयोजक यादवले बताउनु भयो ।
निरन्तर हुदै आएको प्रतियोगिता विगत २ वर्ष कोभिडका कारण स्थागित भएपनि अहिले निरन्तरता दिइएको छ । मंसिर २० गते देखि २३ गते सम्म हुने ४ दिने खेल महोत्सवमा सय मिटरदेखि ८ सय मिटर सम्मका दौड, सय गुणे ४ रिले दौड, स्किपिङ दौड, बोरा दौड, तीन खुट्टे दौड , लङजम्प, सटपुट र भलिबल खेलहरु हुने छन् ।
महोत्सवमा सब जुनियर,जुनियर र सिनीयर तर्फबाट छात्र छात्रा उत्कृष्ट टिम घोषित गरी पुरस्कृत गरिने र सबै तहको अंकका आधारमा उत्कृष्ट टिम घोषित गरी पुरस्कृत गरिनेछ ।प्रतियोगिता सम्पन्न गर्न १३ लाख ३१ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । विजयी खेलाडी, विद्यालयलाई तह गत र विधा अनुसार ५४÷५४ वटा स्वर्ण, रजत कास्य पदक तथा उत्कृष्ट विद्यालय समूह तथा च्याम्पीयनलाई रनिङ सिल्ड, सिल्ड तथा प्रमाण पत्र प्रदान गरिनेछ ।
उद्धघाटन कार्यक्रम परिवारका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता सम्पन्न कार्यक्रमका बिशेष अतिथी प्याप्सन केन्द्रिय सदस्य खेमेन्द्र राना , कार्यक्रम सम्योजक मनोज कुमार यादब, पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख डा. रामभजन मण्डल , सिद्दार्थ उध्योग बाणिज्य सङघ रुपन्देहिका अध्यक्ष भीष्म न्यौपाने , प्याप्सन केन्द्रीय उपाध्यक्ष बिष्णु पन्थी ,हेमलाल भुषाल , बिष्णु राना लगायतको सहभागिता रहेको थियो । कार्यक्रम शृजना पाठक को संचालनमा सम्पन्न भएको थियो ।