भैरहवा मंसिर २०/
लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाको २८ औं स्थापना दिवसका अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्लाको डेंगु रोग नियन्त्रण तथा रोकथाप अभियानलाई सहयोग पुर्याउने उद्देश्यका साथै संस्थाको सामाजिक उत्तर दायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाइटी सिद्धार्थनगरको प्रविधिक सहयोगमा सस्थाको कार्यालय सिद्धार्थनगरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
विगत वर्षहरूमा जस्तै संस्था स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रम संस्थाका कार्यबाहक अध्यक्ष राधादेवी थापाको अध्यक्षता, पुर्व सहकारी निरीक्षक चन्द्रकान्त भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । सो रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको थियो ।
संस्थाले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजन गर्ने गरेको र आफ्ना सदस्यहरू तथा रक्तदाता महानुभावहरूलाई अस्वस्थ्य भई रगत आवश्यक पर्दा निशुल्क रगतको व्यस्थापन गर्ने गरेको छ । सञ्चालक सदस्य पानेश्वर पौडेलबाट रक्तदान गरी शुरु गरिएको सो कार्यक्रममा संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समिति पदाधिकारी, राष्ट्रिय सहकारी बैंक भैरहवा शाखा प्रमुख आलोक शिवाकोटी, विशेक चौधरी, रक्तदाता शेयर सदस्यहरू, कार्यरत कर्मचारीहरू र नियमित रूपमा रक्तदान गर्ने स्वयमसेवी रक्तदाता महानुभावहरूको सहभागिता रहेको थियो ।
गोपाल खनालको संयेजकत्वमा भएको सो कार्यक्रममा सचिव लक्ष्मण ज्ञवालीको स्वागत मन्तव्य र प्रबन्धक राम प्रसाद बरालको सञ्चालन रहेको थियो । सदस्यहरूसंस्थाका एवंम भएको सो कार्यक्रमको संचालन संस्था प्रबन्धक राम प्रसाद बरालले गर्नु भएको थियो । सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थनगरका हरि प्रसाद पराजुली सहितको टोलीले प्राविधीक सहयोग गर्नु भएको थियो ।