पुष्पा पौडेल , भैरहवा मंसिर १९/
सामुहिक बिध्यालय परिवार रुपन्देहीको आयोजनामा मंगलबार देखी भैरहवामा सामुहिक खेल महोत्सव २०७९ सुरु हुदै छ । पक्लिहवा स्थित कृर्षी क्याम्पस र पक्लिहवा माध्यामिक बिध्यालयको खेल मैदानमा खेल महोत्सव हुन लागेको परिवारका अध्यक्ष उदय कुमार मल्लिकले जानकारी दिनु भयो ।
परिवारमा आवद्ध १८ वटा बिध्यालयका करिब १४ सय बिध्यार्थीहरुले खेलकुद महोत्सवमा भाग लिने कार्यक्रम संयोजक मनोज कुमार यादवले जानकारी दिनु भयो । सामुहिक बिध्यालयपरिवार रुपन्देहीले सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि खेल महोत्सवका बारेमा जानकारी गराएको हो ।
परिवारले हरेक बर्ष खेल महोत्सव गर्दै आएको छ । अधिल्लो महिना मात्रै परिवारले सामुहिक परिवारमा आवद्ध बिध्यालयहरु बिच क्रिकेट प्रतियोगिता समेत गराएको थियो । मंगलबार देखि संचालन हुन लागेको १९ औं सामूहिक खेल महोत्सव २३ गतेसम्म संचालन हुने छ । ‘
जोश र उत्साहका लागि खेलकुद’ भन्ने नारासहित आयोजना भएको खेल महोत्सवमा सवजुनियर, जुनियर र सिनियर तहमा छात्र÷छात्रालाई दौड, रिले दौड, बोरा दौड, स्किपिङ दौड, शट–पुट, भलिबल लगायत फरक–फरक खेलहरुमा हुने खेल संयोजक संयोजक मनोजकुमार यादवले बताउनु भयो ।
निजी विद्यालयहरुबीच आपसी सम्बन्ध कायम गर्ने, संस्थामा आबद्ध विद्यालयका विद्यार्थीहरुको बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतका क्षेत्रमा क्षमता प्रस्फुटन गर्ने उद्देश्यले खेल महोत्सवको आयोजना गरिएको परिवारका अध्यक्ष उदय कुमार मल्लिकले जानकारी दिनु भयो । यस अगाडी पनि परिवारले सामुहिक कृकेट प्रतियोगिताको समेत आयोजना संम्पन्न गरेको परिवारका पूर्व अध्यक्ष महेशकुमार भूर्तेलले बताउनु भयो ।