भैरहवा मंसिर ५ /
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ । मत गणना गर्ने क्रममा देखीएको सदर र बदर मतको बिषयमा विवाद हुदा केही समय मतगणना रोकिएको हो ।
क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यको लागि ४ हजार ८ सय ४३ मत गणना भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताए । जसमा लोसपाका सर्बेन्द्र नाथ शुक्लाले साईकल चुनाव चिन्हमा १ हजार ८ सय ८३ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली काग्रेसका प्रमोद यादवले रुख चिन्हमा १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् । जनमत पार्टिका भोपेन्द्र यादवले लाउडस्पिकर चिन्हमा १ हजार ३३ मत प्राप्त गरेका छन् । बिवाद देखीएको बिषयमा सर्वदलिय बैठक बसि सहमतिको प्रयास भएको र केही समयमै मतगणना सुरु हुने आर्चायले बताए ।