भैरहवा कातिक २७
टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्था लि. ओमसतिया–१, रुपन्देहीको आयोजना तथा सामुदायिक स्वास्थ्य इकाई ठुटीपिपलको प्राविधिक सहयोगमा विश्व मधुमेह (सुगर) दिवस को अवसरमा निशुल्क खुला मधुमेह परीक्षण स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेकोछ ।
संस्थाले समुदाय प्रति चासो राख्दै आफ्ना सदस्य तथा सर्वसाधारणलाई लक्षित गरी नियमित रुपमा निशुल्क खुला स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको सन्दर्भमा यस पटक मधुमेह (सुगर) निशुल्क परीक्षण शिविर गरिएको हो । कार्यक्रमको उद्घाटन सत्र संस्था अध्यक्ष डी.बि. थापा, प्रमुख अतिथि क्रिमसन अस्पतालका डा. रणधीर यादव, विशिष्ट अतिथि ओमसतिया गाउपालिका स्वास्थ्य प्रमुख दिपक ज्ञवालीको रहेको थियो ।
सामुदायिक स्वास्थ्य इकाई प्रमुख केशव पराजुली, नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्का, नेफ्स्कून फिल्ड कार्यालय बुटवल प्रमुख छत्र प्रसाद धमला तथा राष्ट्रिय सहकारी बैंक भैरहवा शाखा प्रबन्धक आलोक सिवाकोटीको आतिथ्यता रहेको थियो । प्रमुख अतिथि डा. रणधीर यादव तथा विशिष्ट अतिथि दिपक ज्ञवालीले शुभकामना दिने क्रममा मधुमेह रोग बारे जनचेतनामूलक विषयवस्तु माथी प्रकाश पार्नु भएको थियो ।
आयोजक संस्थाको युवा तथा सामाजिक उपसमितिले संयोजनमा गरिएको यस शिविरमा संचालक, सल्लाहकार, उपसमिति र कर्मचारी र सर्वसाधारण गरी १९८ जनाले निशुल्क सेवा लिएका थिए । कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक गिरिजा शाही ठकुरीको र कार्यक्रम संचालन मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाको रहेको थियो