Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार नवाब मुसलमान राप्रपामा प्रवेश


  • लुम्बिनी चिन्तन
  • कार्तिक २४, २०७९ बिहिवार
  • 398
    SHARES

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार नवाब मुसलमान राप्रपामा प्रवेश
भैरहवा कात्तिक २४ ।
राप्रपा, एमाले र जसपाको उम्मेदवारको पक्षमा रुपन्देही क्षेत्र नम्बर ३ मा माहौल बनिरहेको छ । सोमबार लोसपा त्याग गरी पुर्व मन्त्री कल्पना पान्डेले तीन दलिय तालमेलको तर्फबाट साझा उम्मेदवार रहेका राप्रपाका बरिष्ठ नेता दिपक बोहोरा, जसपा नेता महेन्द्र यादव र एमाले नेता तुलसी चौधरीलाई समर्थन गरेकी थिईन् ।
आज बिहीबार प्रतिनिधी सभा सदस्य पदको स्वतन्त्र उम्मेदवार नबाब मुसलमानले पनि दीपक बोहोराको टिमलाई समर्थन गरेका छन् । टि टेबल चुनाब चिन्ह लिएर रुपन्देही ३ मा चुनाबी प्रतिसपर्धामा मुसलमान थिए । एक कार्यक्रमका बीच बिहीबार साँझ उनले राप्रपा प्रवेश गरी आफ्नो समर्थन बोहोरा सहितको तीन दलिय टिमलाई हुने बताए ।
उनले भने, ‘म पनि चुनाबी मैदानमा थिए, तर घर दैलोमा जादा, बुझ्दै जादा दीपक बोहोरा जत्तिको राम्रो र विकासप्रेमी नेता कोहि छैन भन्ने यकिन गरे । सबैले दीपक बोहोरालाई जिताउन लागेको थाहाँ पाए, अनि सोचे जसले जित्दैछ त्यसलाई सहयोग गर्न यो राप्रपा प्रवेश गरेको हुँ । ’ भैरहवा क्षेत्रका मुश्लिम समुदायमा राम्रो प्रभाव भएका अगुवाको रुपमा परिचीत छन् । मुसलमानलाई राप्रपाका बरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार दीपक बोहोरा, राप्रपा सल्लाहकार समितीका अध्यक्ष तथा पुर्व गृहमन्त्री निरन्जन थापा, पाटिका जिल्ला अध्यक्ष सागरप्रताप राणाले माला, टिका लगाएर स्वागत गरेका थिए ।
मुसलमान सहित ३ सय जना भन्दा बढी राप्रपा प्रवेश गरेका थिए । यसैबीच रुपन्देही क्षेत्र नम्बर ३(१) र ३(२) को विभिन्न क्षेत्रमा घरदैलो पनि सम्पन्न भएका छन् भने विभिन्न पेशागत समुहहरुसँग छलफल र अन्तरक्रियाहरु पनि भईरहेको तीन दलिय संयुक्त प्रचार प्रसार समिती ३(१)का सह संयोजक अजय गुप्ताले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार