Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

दीपक बोहरा सबैको साझा उम्मेदवार’


  • लुम्बिनी चिन्तन
  • कार्तिक २२, २०७९ मंगलवार
  • 864
    SHARES

दीपक बोहरा सबैको साझा उम्मेदवार’

 

भैरहवा, २२ कात्तिक ।

राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले दीपक बोहरा सबैको साझा उम्मेदवार भएको बताएका छन् । उनले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले बोहरालाई राम्रो, योग्य र विकासप्रेमी नेता हो भनेर उम्मेदवार बनाएकाले अहिले कांगे्रसले नराम्रो, विकास नगरेको नेता कसरी भन्न मिल्छ भन्दै प्रश्न गरे ।

नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त चुनावी कोणसभालाई मंगलबार सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलिहयामा सम्बोधन गर्दै नेता थापाले कांग्रेसले यसअघि नै बोहरालाई विश्वास गरेकाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि कांग्रेसले बोहरालाई मतदान गर्ने दावी गरे । उनले भने, ‘एमाले र जसपाले पनि बोहरालाई समर्थन गरेको छ, सहयोग नगर्ने कोही देखिएन, त्यसकारण दीपक बोहराको जीत सुनिश्चित छ । ’

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा भैरहवाको पुत्र दीपक बोहराले रुपन्देहीको विकासका लागि महत्वपूर्ण योगदान गर्नुभएको उनले बताए । उनले सरकारले निष्पक्ष रुपमा निर्वाचन गर्नुपर्ने र त्यसो नभए जनता सडकमा आएर आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

कांग्रेस जस्तो ठूलो पार्टीले गठबन्धनको राजनीति गर्न नहुने उनको भनाइ छ ।


लुम्बिनी चिन्तन

थप समाचार