Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

घनश्यामले ल्याए गौतमबुद्धको मावली देवदहकेन्द्रित विकास योजना


  • लुम्बिनी चिन्तन
  • कार्तिक २१, २०७९ सोमवार
  • 486
    SHARES

घनश्यामले ल्याए गौतमबुद्धको मावली देवदहकेन्द्रित विकास योजना

 

भैरहवा कातिक २१/

प्रतिनिधिसभाका लागि रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

सोमबार उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा शान्तिका अग्रदूत गौतम बुद्धको मावली क्षेत्रको विकासदेखि पूर्वाधार निर्माणसम्मका कामको सूची समेटेका छन्। 

गौतमबुद्धको मावली देवदहलाई विकासको मुख्य केन्द्रबिन्दु मानेर समग्र क्षेत्रको विकास गर्ने संकल्पका साथ भुसालसहित लोकतान्त्रिक वाम-गठबन्धन पक्षले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो। भुसालले आगामी ५ वर्षभित्र तीव्र विकासको गतिमा अघि बढेको क्षेत्रका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। 

उनले यस क्षेत्रको विकासका लागि प्रमुख बिन्दु भनेकै गौमबुद्धको मावली देवदहको उत्खनन गरी युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालय सञ्चालनमा विशेष जोड दिने बताए। भुसालले क्षेत्रको शिक्षा, स्वास्थ, खानेपानी, कृषि, सञ्चार, शान्तिसुरक्षा, संस्थागत विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे। 

कृषि उत्पादनमा वृद्धि गरी आर्थिक उन्नति गर्नमा पहल गर्ने, स्वास्थ्यतर्फ पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थ्यचौकी बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ। यस्तै, अव्यवस्थित बसोबास र भूमिहीनका समस्या सधैँका लागि अन्त्य गर्ने जनाइएको छ। 


लुम्बिनी चिन्तन

थप समाचार