Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

जथाभावी ब्याजदर बढाए बैक तथा वित्तीय संस्थालाई कारबाही गरिन्छ ः गृहमन्त्री खाण


  • लुम्बिनी चिन्तन
  • कार्तिक २१, २०७९ सोमवार
  • 422
    SHARES

जथाभावी ब्याजदर बढाए बैक तथा वित्तीय संस्थालाई कारबाही गरिन्छ ः गृहमन्त्री खाण

 

भैरहवा कार्तिक २१/
गृहमन्त्री बालकृष्ण खाणले उद्योगी, व्यवसायी, श्रमिक, मजदूर र आम नागरिकलाई समस्या पर्नेगरी व्याज वृद्धि नगर्न बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएका छन् ।
रुपन्देही सियारी गाउँपालिका ६ सर्जुगञ्जमा सोमबार भएको कार्यक्रममा गृहमन्त्री खाणले जथाभावी ब्याजदर वृद्धि गर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव परि मुलुक समस्यामा पर्न सक्ने बताए ।
उपयुक्त कारणविना सरकारको निर्देशनविपरीत जथाभावी ब्याजदर बढाएमा कारबाही गर्ने चेतावनी गृहमन्त्री खाणले दिए । आम नागरिकलाई मर्का पर्नेगरी ब्याजदर बढाउदा कारबाही गर्न कानुनले नदिएमा कानुन समेत संशोधन गर्न सरकार तयार हुने दाबी गरे । 
यो भन्दा अघिल्लो एमाले नेतृत्वको सरकारको नीतिका कारण उद्योगी व्यवसायी समस्यामा परेको भन्दै मंसिर ४ गतेको निर्वाचनमा पाँच दलीय गठबन्धनले जितेपछि सही नीति ल्याएर पुरानै अवस्थामा फर्काउने दाबी गरे । वर्तमान गठबन्धन सरकारका कारण उद्योग व्यवसाय समस्यामा परेको नभइ अघिल्लो सरकारको गलत नीतिका कारण समस्यामा परेको आरोप लगाए ।
कोभिड–१९ र अघिल्लो सरकारको गलत नीतिका कारण समस्यामा परेको आर्थिक क्षेत्रलाई सबल बनाउने गरि निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले नीति ल्याउने गृहमन्त्री खाणको भनाइ थियो । मुलुकभर पाँच दलीय गठबन्धनका पक्षमा लहर आएकाले संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्नेगरि परिणाम आउने बताए ।


लुम्बिनी चिन्तन

थप समाचार