Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

निर्वाचनका समयमा पदिय दुरुपयोग नर्गन गृहमन्त्री बालकृष्ण खांणलाई राप्रपा पुर्ब अध्यक्ष राणाको आग्रह


  • लुम्बिनी चिन्तन
  • कार्तिक २१, २०७९ सोमवार
  • 554
    SHARES

निर्वाचनका समयमा पदिय दुरुपयोग नर्गन गृहमन्त्री बालकृष्ण खांणलाई राप्रपा पुर्ब अध्यक्ष राणाको आग्रह


भैरहवा कात्तिक २१/
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शमसेर राणाले रुपन्देहीको क्षेत्र नम्बर ३ मा निर्वाचनका समयमा पदिय दुरुपयोग नर्गन गृहमन्त्री बालकृष्ण खांणलाई आग्रह गरेका छन् । निर्वाचनका लागी राप्रपाका बरिष्ठ नेता दिपक बोहोराको प्रचार प्रसारका लागी भैरहवा पुगेका राणाले निर्वाचनमा गृहमन्त्रीले पदिय दुरुपयोग नगरे राप्रपाको जित निश्चीतनै भैसकेको बताए ।
रुपन्देही क्षेत्रनं ३ मा एमाले नेतृत्वको तिन दलिय गठबन्धनमा सत्ता गठबन्धनको पांच दलिय गठबन्धन भन्दा ८ हजार फारकीलो मतान्तर राप्रपा उमेदवार दिपक बोहोरा संग रहेको बताउदै गृहमन्त्रीले यदि पदिय शक्ती प्रयोग गरेन्न् भने बोहोराको जित निश्चीत रहेको बताए ।
सत्ता गठबन्धन बाहेक एमालेमा असन्तुष्ट भएर पार्टी छाडेका घनश्याम भुषाल र जनमुक्ती पार्टीको मतको हिसाव गठबन्धनले गरेको बताउदै यि मत पांच दलिय गठबन्धनले हात पार्न भन्दा पनि निर्वाचनका समयमा पदको दुरुपयोग गरी आप्नौ पोल्टामा जित निकाल्नको लागी अहिले देखी गरिएको प्रचारबाजी मात्र रहेको बताए ।
नेपाली काग्रेसले प्रहरी प्रशासनको दुरुपयोग गरेको भन्ने सूचनाआएको छ  म उहाँलाई चेतावनीदिन चाहन्छु, राज्यशक्तिको दुरुपयोग नहोस् । मंसिर ४ पछि यो सरकार रहदैन तपाईहरु ढुक्क हुनुहोस हामीले एमालेका नेता केपीओलिलाई प्रधामन्त्री चुनिसकेका छौ तर सत्ता गठबन्धनले भाबि प्रधानमन्त्री को हो समेत भन्न सकिरहेका छैन्न् । यो समुह जता स्वार्थ पुरा हुन्छ त्यतै जाने हो तर्सथ राप्रपाका नेता बोहोरालाई भोट दिऔ उनले भने । 
रुपन्देहीलाई गृहमन्त्री नै चाहिएको हो भने हामीले  मंसिर ४ गतेको निर्वाचनमा मतदिनुस् हामी उहाँलाई गृहमन्त्रीबनाएर पठाउँछौं । ’दीपकको जीत राष्ट्रियता र अखण्डताको लागि पनि आवश्यक छ । ’
रुपन्देही क्षेत्र नम्बर ३ को सवालमा सबै राप्रपाका सदस्यहरुले इमान्दारिता देखाउन पनि आग्रह गरे । सत्ता गठबन्धनका कारण देश संकटमा परेको बताउँदै मुलुकको निकासको लागि निर्वाचनमा सबै राष्ट्रवादीहरु एक भएर लाग्ने समेत आग्रह गरे ।
गठबन्धनले मनपरी गरेकाले यस पटक राप्रपा संसदमा पुगेर उनीहरूलाई खबरदारी गर्ने बताए । राप्रपा यो पटक संसदमा चानचुने उपस्थिति होइन फरक पार्ने उपस्थितिका साथ जान्छौं र खबरदारी गर्छौं’, उनले भने ।


लुम्बिनी चिन्तन

थप समाचार