भैरहवा, २० कार्तिक ।
राप्रपा,नेकपा एमाले र जसपाको तीन दलीय उम्मेदवारहरुले भैरहवा विकासका लागि भैरहवा मण्डप बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
रुपन्देही निर्वाचन क्षेत्र नं ३ को नेकपा एमाले, राप्रपा र जसपाका तीन दलका प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले पूर्वाधार निर्माण र विकासमा साझा प्रतिबद्धता ब्यक्त गर्दै उद्योग ब्यापार पर्दशनीका लागि भैरहवामा सदैव अप्ठ्यारो आएको हुनाले भैरहवा मण्डपको ब्यवस्था गरिने बताएका हुन् ।
राप्रपा,नेकपा एमाले र जसपाका प्रतिनिधी सभा सदस्यका साझा उम्मेदवार तथा राप्रपाका वरिष्ठ नेता तथा पूर्व मन्त्री दिपक बोहराले भैरहवामा पर्दशनी हुँदै सदैव भाडामा जग्गा खोज्नुपर्ने समस्या अब हट्ने बताउँदै उद्योगी, ब्यापारीका लागि आफ्नो सामान प्रदर्शनि गर्ने उपयुक्त ठाउँ ब्यवस्थीत गरिने बताए ।
हाल सञ्चालनमा रहेका तिनाउ नदीको नियन्त्रणका लागि जनताको तटबन्ध सम्बन्धी अबधारणा, बुटवल बेलहिया ६ लेन सडकमा आवश्यकता अनुसार आकाशे पुल र अण्डर पासको निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
त्यसैगरि बुटवल बेथरीको अत्याधुनिक जलाधार युक्त चार लेनको सडक, प्रादेशीक स्तरको सरकारी मेडिकल कलेजको स्थापना लगायतका दर्जनौँ बृहत परियोजनालाई यथाशिघ्र सम्पन्न गरि उपयोगमा ल्याइने प्रतिबद्धता ब्यक्त गरेका छन् । १ सय ३० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै प्रतिनिधी सभा सदस्यका उम्मेदवार दीपक बोहरा, प्रदेश सभा सदस्य क का उम्मेदवार महेन्द्र यादव र प्रदेश सभा सदस्य ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार तुल्सी प्रसाद चौधरीले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको दोस्रो चरणको टरमिनल भवन निर्माणलाई अँिघ बढाइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
बिभिन्न सडकको स्तरोन्नती, सडक बिस्तार, सबै सडकमा दोहोरो नाला सहित कालो पत्रे, शुद्धोधन गाउँपालिका र बेलवा जोड्नका लागि दानव नदिमा पुल निर्माण गरिनुका साथै तिलोत्तमा लुम्बिनी प्रादेशिक बसपार्क निर्माण गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।