Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने ः गृहमन्त्री खाँण


  • लुम्बिनी चिन्तन
  • कार्तिक २०, २०७९ आइतवार
  • 416
    SHARES

आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने  ः गृहमन्त्री खाँण

 

भैरहवा, २० कार्तिक ।

गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने र झुट्टा आश्वासन पनि नदिने बताएका छन् । उनले केही राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने जस्ता झुट्टा आवश्वासन बाँडेको जनाउँदै जनतालाई भ्रममा पार्ने काम राजनीतिक नेतृत्वले गर्न नहुने जनाए ।

पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देहीको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य खाँणले आइतबार बुटवल उपमहानगरपालिका–१५ मा आयोजित कार्यक्रममा बोल्दै निर्वाचन जित्नका लागि जनतालाई भ्रममा पार्ने नेताहरु सफल नहुने र त्यस्ता उम्मेदवारलाई जनताले समयमै चिन्नुपर्ने बताए । ‘पाँच दलीय गठबन्धन र यसका उम्मेदवारहरुले जे गर्छन्, त्यही बोल्छन्, जे बोल्छन्, त्यो गर्छन्’, उनले भने, ‘यहाँ त केही उम्मेदवारहरुले जनतालाई दिग्भ्रमित पार्ने गरी भुट्टा आश्वासन बाँडिरहेका छन्, उम्मेदवार बन्दैमा यसरी ढाट्दै हिंड्नेले भोलि जिते भने क्षेत्र, रुपन्देही र मुलुकको विकास कसरी गर्न सक्छन् ? त्यसैले सबै मतदाताले उनीहरुलाई पहिचान गर्नुपर्छ ।’

उनले विमानस्थल जस्तै रुपन्देहीका अन्य ठूला र महत्वपूर्ण योजना अगाडि बढाउँदा र सम्पन्न गर्ने क्रममा अहिले झुट्टा आश्वासन बाँडिरहेका नेताहरुको कही कतै पनि उपस्थिति नरहेको जिकिर गरे । ‘त्यसैले तपाईंहरु ढुक्क हुनुस्, रुपन्देहीको विगतमा विकास गर्ने र ठूला योजना पार्ने हामी हो, अब पनि गठबन्धन र मैले योजना पार्छौं, यहाँको विकास, समृद्धिमा योगदान दिन्छौं, जनभावनाअनुसार काम गर्छौं’, उनले भने ।

उनले पंचाय फाल्दा, राजतन्त्र फाल्दा र मुलुकमा संविधान जारी गर्दा आफूहरुले जे बोलेको, त्यो पूरा गरेको जनाए । ‘संविधानमा जनताका हकअधिकारको ग्यारेन्टी भयो, जीवनस्तर परिवर्तनका कुराहरु लेखिए’, खाँणले भने, ‘अब संविधानमा लेखिएका कुराहरु हामीले पूरा गर्छौं, जनताको जीवनस्तरमा परिवर्तन ल्याउँछौं ।’ खाँणले सियारी, शुद्धोधन, बुटवलका केही वडाहरु र अन्य पालिकाका कृषि उत्पादन बढी हुने क्षेत्रलाई समेटेर कृषिमा आधुनिकीकरण गरिने जनाए । ‘कृषिलाई जनताको समृद्धिसँग जोडेर हामीले काम गर्नेछौं, यसले आर्थिक विकास र मुलुकको समृद्धिमा टेवा पुग्नेछ’, उनले भने । यसको पहिलो सुरुवात सेमलारमा सरकारले २ अर्ब लागतमा कृषि थोक बजार निर्माण प्रक्रिया अघि बढाएको बताए । ‘यो त एउटा उदाहरण मात्रै हो’, उनले भने, ‘यस्ता दर्जनौं काम हामीले अघि बढाउने छौं, जनतालाई विकास, आर्थिक समृद्धिसँग जोड्ने छौं, रुपन्देहीलाई नेपालकै नमूला जिल्ला बनाउनेछौं ।’

क्षेत्र नम्बर ३ (ख)का उम्मेदवार रामचन्द्र ढकालले निर्वाचनका बेला भ्रम छर्नेहरु यसपटक पनि उम्मेदवार भएर फेरि हुनेनहुने आश्वासन बाँडिरहेको बताउँदै यसतर्फ सचेत हुन आम मतदातासँग आग्रह गरे । ढकालले पटकपटक मन्त्री हुँदा क्षेत्र र जिल्लाको विकासमा कुनै योगदान नदिनेले फेरि यसो गर्छु र उसो गर्छु भन्नु केबल चुनावी फन्डा मात्रै भएको जिकिर गरे । राप्रपा नेता बोहराप्रति लक्षित गर्दै ढकालले यस्तो बताएका हुन् । उनले क्षेत्र नम्बर ३ (ख)लाई कृषि उत्पादनको मुख्य क्षेत्र बनाएर काम गर्ने आफूहरुको योजना रहेको जनाए । कृषिलाई आधुनिकीकरण गरेर जनताको जीवनस्तर उकास्न पहल गर्ने ढकालको भनाई छ ।


लुम्बिनी चिन्तन

थप समाचार