बुटवल कातिक १९
पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताउनुभएको छ । खेल क्षेत्रमा गरिने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताउंदै पौडेलले त्यसको लागि अनूकूल परिस्थित र वातावरण आफूले निर्माण गरी काम गर्ने स्पष्ट पार्नुभयो ।
मदन भण्डारी स्पोर्टर्स एकेडेमीद्वारा शनिबार बुटवल आयोजित खेलाडी प्रशिक्षण तथा खेलप्रेमीहरूको वृहत भेलामा बोल्दै रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका पौडेलले खेल क्षेत्रमा सम्पूर्ण समस्या समाधान गर्न आफू तयार रहेको दावी गर्नुभयो । उर्जाशील जीवन विताएका खेलाडीको सम्मानितपूर्वक बाच्नको लागि आफुले निर्वाभत्ता, निःशुल्क जीवन बीमा, दुर्घटना बीमासंगै खेल पूर्वाधारको लागि गर्ने उहांले बताउनुभयो । साथै उहांले खेल क्षेत्रको उन्नति र खेलाडीले स्वाभिमानको पक्षमा काम एमालेले काम गर्ने समेत बताउनुभयो । नेपालमा खेलकूको क्षेत्रमा अभूतपूर्व सम्भावना रहेको बताउदै भगवान गौतमबुद्धसंग खेललाई जोडेर प्रमोसन पनि गर्न सकिने उहांले बताउनुभयो । हाई अल्टीच्यूट स्पोट्समा जान पनि सकिने सम्भावना रहेका उहांको भनाइ छ । राज्यका खेल सम्बद्ध संगठनले गर्न नसकेको काम मदन भण्डारी स्पोट्स एकेडेमीले गरेको समेत पौडेलले बताउनुभयो ।
कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही २ (१) का उम्मेदवार लिला गिरीले आफू प्रदेशको मन्त्री हुँदा खेल पूर्वाधारमा ठूलो बजेट विनियोजन गरेको बताउनुभयो । आफूले अझै खेल र खेलाडीले देख्न सने गरी प्रदेशमा काम गरेर खेलाडीमार्फत देशलाई विश्वमा देशलाई चिनाउन आफू पछि नपर्ने बताउनुभयो । त्यस्तै एमाले प्रदेश उपाध्यक्ष तथा रुपन्देही २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले स्वास्थ्य र खेलको क्षेत्रमा आफूले काम गर्ने बताउनुभयो । राप्रपा प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार प्रदीप उदयले खेलाडीको सम्मानित जीवनको लागि नेताहरुले सोच्नुपर्ने बताउनुभयो । कार्यक्रममा एकेडेमीका अध्यक्ष धु्रव आचार्यले खेल र खेलाडीको जीवन सुरक्षित गर्न नेताहरुलाई आग्रह गर्नुभयो । एकेडेमीका सचिव डा. शक्ति बस्नेतले खेला र स्वास्थ्य दुवै क्षेत्रमा राजनीतिक दलहरुले काम गर्न आवश्यक रहेको बताउनुभयो ।