Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

निर्वाचनपछि संघ र सबै प्रदेशमा पाँच दलीय गठबन्धनको सरकारः गृहमन्त्री खाण


  • लुम्बिनी चिन्तन
  • कार्तिक १९, २०७९ शनिवार
  • 386
    SHARES

निर्वाचनपछि संघ र सबै प्रदेशमा पाँच दलीय गठबन्धनको सरकारः गृहमन्त्री खाण

 

भैरहवा, १९ कार्तिक ।

गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि संघ र सातै प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार बनाउने बताउनु भएको छ ।

शनिबार भैरहवामा रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका खाणले माओवादीले निर्वाचन परिचालनका लागि आयोजना गरेको बृहत् कार्यकता भेलामा सात प्रदेश र संघमा गठबन्धनले बहुमत ल्याउने बताउनु भयो । लामो संघर्ष पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्वयस्थालाई थप मजबुत बनाउदै नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धनको जीत अत्यावश्यक रहेको उहाँको भनाइ थियो ।

एमाले नेतृत्वमा बनेको चुनावी गठबन्धन पश्चगामी रहेको बताउँदै यो गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत गराउनुभयो । गणतान्त्रिक व्यवस्था बचाइ नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धनको विजयी आवश्यक रहेको उहाँको भनाइ थियोे । निर्वाचनपछि बन्ने सरकारको मुख्य ध्यान मुलुको विकास र रोजगारीमा हुने पनि गृहमन्त्री खाणले बताउनुभयो ।


लुम्बिनी चिन्तन

थप समाचार