Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीमा जारी कुस्ती प्रतियोगीतामा भारतीय पहलमानहरु द्धारा सबै पुरस्कार कब्जा


  • लुम्बिनी चिन्तन
  • कार्तिक १८, २०७९ शुक्रवार
  • 492
    SHARES

रुपन्देहीमा जारी कुस्ती प्रतियोगीतामा भारतीय पहलमानहरु द्धारा सबै पुरस्कार कब्जा

 

 

भैरहवा, कात्तिक १७ ।

रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा भएको वृहतखुल्ला कुस्ती (दंगल) प्रतियोगितामा भारतीय पहलमानहरुले वर्चस्व जमाएका छन् ।

मधेश प्रदेश सहित लुम्बिनी प्रदेशकै पहलमानहरुको सहभागीताको रहेको प्रतियोगितामा भारतीय पहलमानहरुले वर्चस्व राखे ।

रुपन्द्येहीको रोहिणी–३ स्थित धकधईमा भएको प्रतियोगितामा प्रतियोगितामा भारत दिल्लीका विनोद पहलमान प्रथम भएको गांउपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । उनी भारतकै पठानकोटका बब्बी पहलमानलाई पराजित गर्दै प्रथम भएका हुन् । त्यस्तै भारत गोरखपुरका जितेन्द्र पहलमान दोस्रो भएका थिए । जितेन्द्रले भारत हरियाणाका भीम पहलमानलाई पराजित गरेका थिए । प्रतियोगितामा भारतकै हरियाणाका मुन्ना पहलवान तेस्रो भए । मुन्नाले हरियाणाकै गोपी पहलमानलाई हराएका थिए । प्रतियोगितामा भारत पनियराका गुड्डु पहलमानले सान्त्वना स्थान हासिल गरेका थिए।

प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १हजार १ सय ११, दोस्रो हुनेलाई रु. ५० हजार ५ सय ५५, तेस्रोलाई रु. २५ हजार २ सय २५ र सान्त्वनाहुनेलाई रु. १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिएको गाउँपालिका काप्रवक्ता वीर बहादुर क्षेत्रीले बताए ।

तराई मधेशमा लोकप्रिय कुस्तीको संरक्षण र युवाहरुलाई प्रोत्साहनगर्ने उद्देश्यले गाउँपालिकाबाट पाँचलाख बजेट विनियोजन गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष यादवले बताए । प्रतियोगितामार्फत स्थानीय पहलमानहरु उत्पादनगर्ने उद्देश्य समेत रहेको भए पनि बिजेता सबै भारतीय नै बनेका थिए । खेललाई निरन्तरता दिदा आगामी दिनमा नेपाली पहलमानले पनि पुरस्कार प्राप्त गर्ने अवस्था खेलले श्रृजना गर्ने अध्यक्ष यादवले बताए ।

प्रतियोगतामा नेपाल र भारतका गरी २० बढी पहलमानहरुको सहभागीता रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार