भैरहवा, १५ कार्तिक ।
भैरहवाका युवाहरुले प्रतिनिधि सभा सदस्यमा पुर्ब मन्त्री दिपक बोहरालाई जिताउन कम्मर कंसेर लागेको बताएका छन् ।
भैरहवाका स्थानीय समेत भएका कारण क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यमा दिपक बोहरालाई जिताउनु पर्ने युवाहरुले बताए ।
रास्ट्रिय युवा संघ नेपालका सिद्धार्थनगर अध्यक्ष रोशन बहादुर थापाले राप्रपाका दिपक बोहरा र जिताउन युवाले कम्मर कसिसकेको बताए ।
जहां पनि गृहमन्त्री तपाईं हिड्नु तपाईंको हार हो १ को मान्छेलाई तपाईंलाई चुनाब हराएरै छाड्छौं । थापाले भने, हामी युवा दिपक बोहरा र महेन्द्र यादवलाई जुटाउन एक जुट भएर अंगाडि बढेका छौं ।
जसपाका केन्द्रिय सदस्य तथा प्रदेश सभा रूपन्देही ३ क सदस्य पदका उम्मेदवार महेन्द्र यादवले यो देशलाई केपि ओलिले देशको नेतृत्व नगरेसम्म यो देश नरहन सक्ने बताउंदै ३ दलिय तालमेललाई मत दिन आग्रह गरे । हामी साझा उम्मेदवार हौं । मलाई बिस्वांस छ अब कुनै शक्तिले हामीलाई रोक्न सक्दैन । यादवले भने, यहां त दिपक बोहरा अशक्त भन्छन्, सुशील कोइरालाको दांतै नभएकालाइ युवा भन्थे बोहरा त ब्याडमिन्टन खेल्नुहुन्छ ।
बारम्बार जनताका बिचमा झुठो बोल्ने भनेर सन्तोस पान्डे चिनिएका बताउंदै भने, हामी बिचम झुठो बोल्न पि एचडि गरेका नेता छन् । ऊनी सदैब झुठो बोलेर हैरान पारे। मलाई कसैले रोकेर रोकिन्न युवाको साथ छ त्यसैले मैले चुनाब जित्दै छु । म युवालाई कहिलेपनि निरास हुन दिंदैन ।
राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयले यो तालमेल रहरले नभएको बताए । सत्ताले ५ दलिय गठबन्धन बनाएपछि विपक्षले ३ दलिय तालमेल गरेको बताए । मुलुक लाई स्थिरता दिनका लागी ३ दलिय चुनावी तालमेल भएकाले जनताले बिजयी बनाउनु पर्ने बताए ।
प्रतिपक्षमा जाउ भनेर जनताले मत दिएकोमा न्यायलयबाट यो देशमा परमादेशको सरकार गठन भएको बताउंदै उदयले भने, अहिले कालो बादल मडारिएको छ, एमसिसि लगायत रास्ट्रघाती सम्झौता पास गरि सरकारले रास्ट्रघात गरेको छ ।
हाम्रो तालमेल रास्ट्रियताको लागी हो । देश जोगाउन ३ दलले तालमेल गरेका हौं । उदयले भने, गठबन्धनको सरकार बनेपछि आज मुल्य वृद्धि थेग्न सक्ने अबस्थामा छैन । निकम्मा सरकारले ८ प्रतिशतबाट १७ प्रतिशत पुर्याएको बताए ।
अहिले सरकारले महँगाइ रोक्न नसकेका कारण ३ दललाई मत दिनुपर्ने बताउंदै प्रदिप उदयले भने, यो सरकार महंगाइ वृद्धि गर्न लागेको छ गृहमन्त्री मंसिर ४ सम्म मात्रै हो । त्यसैले हामीलाई मत दिनुहोस ।
सरकार पक्षले सत्ताको दम्भ नदेखाउन उनले चुनौती दिए युवा अरिगाल हुन् । अरिंगालको गोला भित्र हात हाले त्यसको परिणाम भोग्नु पर्ने छ । उदयले भने, सत्तामा छु भनेर प्रशासनले कुनै गलत गर्ने दुस्प्रयास गर्यो भने त्यसको परिणाम भोग्नुपर्ने छ । यदि कसैले गठबन्धन सरकारले हाम्रा युवाले चाह्यो भने बांधको भेल जस्तै बगाउन सक्छ ।
काम गर्ने कुरामा हिंजोका दिपक बोहराले गरेका कामहरु हेरौं ।
नेकपा एमालेका नगर अध्यक्ष चक्र बहादुर थापाले युवा शक्तिले विभिन्न आरोह अबरोह पार गर्दै आएको बताउंदै युवाले चाहेमा आंधिबेहेरी ल्याउन सक्ने बताए ।
निर्बाचन परिचालन समितिका सह संयोजक समेत रहेका थापाले सरकारले निरन्तर महगिं मात्रै बढाएको बताउंदै भने, गृहमन्त्री यहां हुंदा सबै भन्दा बढी तस्करी भएको छ । अब युवा नजाग्ने हो भने यो देश रहन्छ कि रहंदैन । श्रीलंका जस्तो देश बनाउन खोजिंदै छ ।
हाम्रो ३ दलिय तालमेल देशलाई अस्थिरता बाट जोगाउन नेकपा एमालेका अध्यक्ष केपि ओलिलाई बनाउने हो । एमाले, राप्रपा र जसपाको सरकार रहने छ, थापाले भने ।
रास्ट्रिय युवा संघ नेपालका नगर अध्यक्ष कृष्ण मल्ल ठकुरीले केपी ओलिलाई देशको प्रधानमन्त्री बनाउनका लागी युवाहरुले प्रतिनिधि सभा सदस्यमा दिपक बोहरालाई जिताउनु पर्ने बताए ।
जसपाका युवा नेता तथा नगर निर्बाचन परिचालन कमिटीका सह संयोजक जाबेद आलमले गरिबी हटाउन खोजेको हो कि गरिबी हटाउन खोजिएको हो गृहमन्त्रीलाई प्रश्न गर्दै सत्ताको बल नदेखाउन आग्रह गरे । तपाईंले कहिले सम्म सत्ताको दम्भ देखाउने रु
निर्बाचन आचारसंहिता सत्ताले उल्लंघन गरेको बताउंदै सबैलाई बराबर हुन आग्रह गरे । निर्वाचन आचारसंहिता सत्ता पक्षलाइ लाग्दैन । निर्बाचन समिति कसैलाई काखा कसैलाई पाखा नगर्नुस । संयुक्त तालमेललाई अमुल्य मत दिएर बिजयी बनाउनुहोस ।
संयुक्त निर्बाचन परिचालन समितिका सह संयोजक बलराम शर्माले संयुक्त नगर युवा परिचालन समितिको संयोजक कृष्ण मल्ल ठकुरी, सह संयोजकमा जसपाबाट राहुल यादब र राप्रपाबाट गोपाल खनाल चयन भएको बताए ।