भैरहवा कात्तिक १५ /
गृहमन्त्री बालकृष्ण खाणले केही राजनीतिक दलहरू जनताको लामो संघर्ष र बलिदान पश्चात् संविधानसभाबाट बनाएको संविधान च्याथ्ने प्रपञ्चमा लागिरहेको बताएका छन् ।
सिद्धार्थनगर नगरपालिका १२ मा मंगलबार आयोजित कार्यक्रममा सार्वभौमसत्ता जनतामा नीहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए । मुलुकबाट निर्मूल भइसकेको राजतन्त्रलाई बोकेर हिडेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेटेर नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्तारुढ दलहरूको गठबन्धनबिरुद्ध बनाएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका खांणले तीन दलीय गठबन्धन संविधान च्याथ्न र मुलुकलाई पश्चगमनतर्फ ढकेल्न लागिरहेको तर्क गरे ।
जनप्रतिनिधिले बनाएको संविधान संसद्मा दुई तिहाइ मतले संशोधन गर्न सकिने भए पनि जनआन्दोलनको मर्म र भावनाविपरीत संविधान नै च्याथ्न उद्धत हुनु प्रतिगमनलाई मलजल गर्नु र मुलुकलाई पुरानै अवस्थामा फर्काउनु भएको भन्दै खांणले सचेत हुन र निर्वाचनमार्फत त्यस्तो रणनीनिमा लाग्ने शक्तिहरूलाई परास्त गर्न नागरिकलाई आग्रह गरे ।
लामो संघर्ष पश्चात् ल्याएको व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाबीच गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउदै गृहमन्त्री खाणले निर्वाचनपछि बन्ने गठबन्धन सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने रणनीतिक योजना ल्याउने बताए ।
मुलुकमा शान्ति, स्थिरता, सुशासन र विकास एउटै दलले बहुमत ल्याएर गर्न अफ्ट्यारो पर्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा होमिएको खांणको भनाइ थियो । गठबन्धन सरकार निर्माणका लागि मात्रै नभएर मुलुकमन शान्ति स्थापना गरि अग्रगमनको बाटोमा लैजान गरिएको खाणको भनाइ थियो ।