Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

जापान गोजुरियो कराते डो मिसन संघ नेपालको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनार हुने


  • लुम्बिनी चिन्तन
  • कार्तिक १५, २०७९ मंगलवार
  • 408
    SHARES

जापान गोजुरियो कराते डो मिसन संघ नेपालको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनार हुने

भैरहवा कात्तिक १५
जापान गोजुरियो कराते डो मिसन संघ नेपालको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनार हुने भएको छ ।

संघले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी सेमिनारबारे जानकारी गराएको छ । यही कात्तिक २० देखि २५ गतेसम्म हुने सेमिनारमा नेपाल, भारत, जापान लगायत देशका खेलाडी, प्रशिक्षक र प्राविधिक, संघका केन्द्रीय तथा जिल्लाका पदाधिकारी  गरी २ सय जना बढीको सहभागिता हुने जापान गोजुरियो कराते डो मिसन संघ नेपालका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक के.बि.राना (काजी)ले बताए ।

सेमिनारमा कराँते खेलका ख्यातीप्राप्त प्रशिक्षक तथा जापान गोजुरियो कराते डो मिसन संघका संस्थापक केन्सी हिदियो वातानावे नाइन डनको सहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष सतिश कुमार चौधरीले जानकारी दिए । वातानावेको उपस्थितिले सम्पूर्ण कराँते खेलाडी उत्साहित हुने उनले विश्वास व्यक्त गरे ।

बुद्ध र कराँतेबीचको सम्बन्ध पनि ऐतिहासिक रहेकोले पनि सेमिनार लुम्बिनीमा आयोजना हुन गइरहेको  र सेमिनारको माध्यमबाट लुम्बिनीको थप प्रचार हुने संघका सल्लाहकार तथा नेपाल कराँते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर केसीले बताए । संघका अनुसार सेमिनारको उद्घाटन रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ स्थित कोटिहवाको मगर भवनमा हुनेछ ।

नेपालमा जापान गोजुरियो कराते डो मिसन संघको स्थापना सन् २००४ मा भएको थियो । संघमातहत नेपालभर ३० डोजो र भारतमा १५ रहेका छन् । जापान गोजुरियो कराँते डो मिसन संघले धेरैपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पीयनसीप अवार्ड जितेको संघका रुपन्देही जिल्ला अध्यक्ष उमेश थापा लाटोमगरले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार