Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

जनताले मुलुकको नेतृत्व एमालेलाई सुम्पिँदै छन् ःउपाध्यक्ष पौडेल


  • लुम्बिनी चिन्तन
  • कार्तिक १४, २०७९ सोमवार
  • 386
    SHARES

जनताले मुलुकको नेतृत्व एमालेलाई सुम्पिँदै छन् ःउपाध्यक्ष पौडेल


बुटवल, १४ कात्तिक । 
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिर ४ गतेको निर्वाचनबाट मुलुकको नेतृत्व जनताले एमालेलाई सुम्पिने दाबी गरेका छन् । मुलुकलाई सम्हालने गरी मंसिर ४ मा एमाले उदाउने दाबी गर्दै उपाध्यक्ष पोडेलले अबको ध्यान मुलुकको विकास र समृद्धि कसरी गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित हुनु पर्ने उल्लेख गरे । 
सोमबार बुटवलमा कार्यकर्ताहरुसँग छलफल गर्दै पौडेलले गठबन्धन दलप्रति जनताको विश्वास घटिसकेको दाबी गर्दै एमालेको जित निश्चित भएको उल्लेख गरे । “गठबन्धनप्रति जनताको विश्वास पिंधमा पुगिसकेको छ । अब हामी कोसँग प्रतिस्पर्धा गर्ने भन्दा पनि मुलुकलाई कसरी अघि बढाउने भन्ने चासो हो”–उपाध्यक्ष पौडेलले भने, “हामी कसैको आलोचना र टिप्पणीमा लाग्दैनौ मुलुक निर्माणमा हाम्रो ध्यान हुने छ ।” विभिन्न बहानामा नेकपा एमालेमाथि चारैतिरबाट प्रहार भएको बताउँदै उनले ती कुराहरुको प्रवाह नगरी मुलुकको विकास गर्ने प्रमुख लक्ष्यमा केन्द्रित हुने उल्लेख गरे । पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले गठबन्धन सरकार बनेपछि मुलुक चरम आर्थिक संकटमा धकेलिएकोप्रति चिन्ता व्यक्त गरे । पौडेलले एमाले आएपछि उक्त संकटबाट मुलुकलाई बचाउँदै आर्थिक समृद्धितर्फ लैजाने दाबी गरे ।   
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले रुपन्देहीको योजनावद्ध बिकासमा जोड दिए । अबको आफ्नो लक्ष्य शिक्षाको विकास तथा रोजगारी सिर्जनाका लागि केन्द्रित रहने उल्लेख गरे । यहाँ सुरु भएका ठूला तथा महत्वकांक्षी योजनाहरुलाई अघि बढाउँदै युवा तथा महिलाहरुलाई सीप बिकास र स्वरोजगारका अवसर सिर्जनामा केन्द्रित हुने उनले उल्लेख गरे । 

 


लुम्बिनी चिन्तन

थप समाचार