Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देही क्षेत्रनं ३ मा सत्तागठबन्धनका उमेदवारहरुद्धारा संकल्प पत्र सार्वजनिक


  • लुम्बिनी चिन्तन
  • कार्तिक १३, २०७९ आइतवार
  • 400
    SHARES

रुपन्देही क्षेत्रनं ३ मा सत्तागठबन्धनका उमेदवारहरुद्धारा संकल्प पत्र सार्वजनिक

 
भैरहवा कात्तिक १३/
रुपन्देही क्षेत्रनं ३ मा सत्तागठबन्धनका उमेदवारहरुले आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन् ।
सत्तागठबन्धनको तर्फबाट प्रतिनिधीसभा सदस्यमा उम्मेदवार बनेका बालकृष्ण खाण र प्रदेशसभा सदस्य पदका उम्मेदवारहरु सन्तोष पाण्डे र रामचन्द्र ढकालको आगामी कार्ययोजना सहितको संकल्पपत्र आईतबार सार्वजनिक गरेका हुन ।
नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री प्रतिनिधीसभा सदस्य उम्मेदवार रहेको रुन्देहीको क्षेत्र नं ३ मा ५ दलिय सत्तागठबन्धनले आफ्नो संकल्प पत्र सार्वजनिक गरे ।
६७ बुंदामा समेटिएको संकल्प पत्रमा भैरहवालाई लुम्विनी प्रदेशको महत्वपुर्ण औद्योगिक एवं पर्यटकीय केन्द्रको रुपमा बिकास गरिने उल्लेख गरिएको संकल्प पत्रमा निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाउने योजना समावेश गरिएको छ । 
संकल्प पत्रमा सिद्धार्थ नगरको वरपर शिद्धार्थ चक्रपथ निर्माण गरिने, बेलहिया देखि पोखरा सम्मको सडकको स्तरोन्नती र पाल्पाका र स्याड.जाको सिमाना राम्दीमा रहेको गण्डकी नदिको पुलको भारबहन क्षमता बृद्धी गरीने, बुटवल भैरहवा सुनौली हाईवेमा मेट्रो रेल सन्चालनका लागि सम्भाब्यता अध्यायन गरिने जस्ता बिषय समेटीएका छन्।
तिनाउ दानव नदिमा जनताको तटबन्ध कार्यक्रमलाई प्रभावकारी बनाईने,बेलहियामा एकिकृत भन्सार प्रणालीको निर्माण, बुटवल देखि गोरखपुर सम्मको प्रशारणलाईन निर्माणका लागि यथासिघ्र पहल गरीने तथा भैरहवामा रहेको बिशेष आर्थिक क्षेत्र सेजको ब्यवस्थीत सन्चालनका लागि नितीगत निर्णय गरिने संकल्प पत्रमा उल्लेख छ।
संकल्पपत्रमा र बर्दघाटदेखि कृष्णनगर सम्मको क्षेत्रलाई ब्यवस्थीत सहरीकरण गरीने, क्षेत्र नं ३ मा रहेका सरकारी जग्गाहरुको खोजी गरी तिनमा हरित पार्कहरुको निर्माण गरिने उल्लेख छ। भने सिद्धार्थनगर क्षेत्रमा कृषि औजार तयारगर्ने र छाडा चौपाया नियन्त्रणका लागि कान्जिहाउस निर्माण गर्ने बिषय समेटीएका छन्। 
 “समुन्नत नेपाल, सम्पन्न नेपाली” भन्ने मुल नारा सहित सार्वजनिक गरिएको संकल्पपत्रमा भौतिक पूर्वाधारको साथै यस क्षेत्रको कृषि, शिक्षा, स्वास्थ, खेल, वातावरण बिकासमा जोड दिइएको छ । 
बेलहिया बुटवल खण्डमा रहेको ६ लेन सडकलाई अझ आकर्षक बनाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उल्लेख छ । यस्तै ‘मर्चवारदेखि मुस्ताङ्गसम्म’ भन्ने सडक निर्माणलाई विशेष रूपमा प्रारम्भ गर्ने वेथरी, मैनहिया, हर्नैया, दयानगर– छपिया, वनघुसरी थाना हुँदै मानपकडी सूर्यपूराको सडकलाई दुवैतिर नाली बनाई कालोपत्रे बनाइने, पत्थरडाँडादेखि टिकुलीगढ हुँदै पश्चिम अमुवा बजार तथा वनघुसरीसम्मको सडकलाई स्तरोन्नति गरी दुवैतिर नालीसहितको कालोपत्रे गरिने लेखिएको छ ।  बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ, सिद्धार्थनगर नगरपालिका भित्र रहेको विशेष आर्थिक क्षेत्रमा विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नितिगत निर्णयहरु गर्ने जनाइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाइने र नेपालका विभिन्न सहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सुचारु थप गरिने संकल्पपत्रले समेटेको छ । भैरहवामा रहेको सिद्धार्थ क्रीकेट रंगशालालाई अन्तर्राष्ट्रिय खेल सन्चालन गर्न सकिने किसिमले स्तरोन्नति गर्ने, भिम अस्पतालको स्तरवृद्धी गर्ने, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन, जनता उच्च मावि, सियारी तथा रूपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नती र प्राविधिक विषयमा थप कार्यक्रम संचालन गर्न विशेष पहल गरिने उल्लेख छ ।
यस क्षेत्रलाई कलाकारिताको केन्द्र बनाउन सङ्गीत एकेडेमीको निर्माण,डण्डा खोलामा कोरिडोर निर्माण, भैरहवामा लुम्बिनी प्रदेश कै सबैभन्दा ठूलो ‘अन्न भण्डारण गृह’ निर्माण गरिने संकल्पपत्रमा उल्लेख छ । कार्यक्रमलाइ सम्बोधन गर्दै ५ दलिय गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य उम्मेद्वार समेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले बिकासका धारणामा ठूलो रुपान्तरण भइ रहेको बताए । उनले भौतिक पुर्वाधारका साथै मानविय र सामाजिक बिकासलाई पनि चुनावी संकल्पपत्रले समेटेको बताए । उनले संकल्पपत्र रुपन्देहीको बृहत्तर विकासको लागि भएको बताए ।
अहिले ठूलो अस्पतालले मध्यमवर्गीय परिवारलाइ गरीबीको रेखामुनी धकेलिरहेको खाणले जिकिर गर्दै बिपन्न नागरिकको उपचारको लागि अस्पतालहरुमा निर्धारण गरिएको निशुल्क उपचारको कोटालाइ प्रभावकारी ढंगले लागू गर्न जोड दिइने जानकारी दिए । उनले रुपन्देही नै आफ्नो राजनितिको केन्द्र भएको बताउदै रुपन्देहीको बिकासमा लागि रहने प्रतिवद्दत जनाए । 
रुपन्देहीको क्षेत्र नं ३ मा सत्ता गठबन्धनबाट गृहमन्त्री बालकृष्ण खांण उम्मेदवार छन् भने एमालेको समर्थनमा राप्रपाका  दिपक बोहोरा उम्मेदवार बनेका छन् । त्यसैगरी उक्त निर्वाचन क्षेत्र बाट प्रदेशसभामा सत्ता गठबन्धनबाट क मा सन्तोष पाण्डे र ख बाट  रामचन्द्र ढकाल उम्मेदवार छन भने। एमाले राप्रपा जसपा गठबन्धनबाट क्रमस जसपाका महेन्द्र यादव र एमालेका तुलसी प्रसाद चौधरी उम्मेदवार छन् । 


लुम्बिनी चिन्तन

थप समाचार