भैरहवा कात्तिक ११,
साईकल सिटि सिद्धार्थनगरले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवा देखी तनहुको मानुङकोट सम्मको चार दिने साईकल यात्रा सुक्रबार देखी सुरु गरेको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साईकल लेन निर्माणमा संबंधित निकायको ध्यानाकर्षण गर्दै साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवा देखि तनहुँको ’रम्भा –मानुग्कोटको ४ दिने साईकल यात्रा’ प्रारम्भ गरेको साईकल सिटिका अध्यक्ष सुर्य कुमार सारु मगरले जानकारी दिए ।
साईकल यात्राको एक कार्यक्रमका बिच गृहमन्त्री बालकृष्ण खाँणले हरियो झण्डा फहराई तनहु सम्मको साईकल यात्रा प्रारम्भ गरेका थिए ।

भैरहवाको लुम्बिनी गेटबाट हरियो झण्डा फहराई यात्रा प्रारम्भ गरि बिदाई गरेका थिए । पछिल्लो समय साईकल यात्रा गर्नेहरुको संख्या बढ्दै गएको बताउदै यसले आन्तरिक पर्यटन प्रर्बधन र बातावरण संम्रक्षणमा समेत सहयोग पुग्ने बताए ।
सुक्रबार भैरहवा बाट सुरु भएको यात्रा पाल्पा रामपुर हुदै तनहुको मानुङकोट पुग्ने यात्राका संयोजक राजेश खरेलले जानकारी दिए । यात्राको पहिलो दिन भैरहवा बाट सुरु भई बुटवल,पाल्पा बर्तुंग,आर्यभंज्यांग,चिदीपानी,हुमिन हुदै ताहुँ धोबाधि पुग्ने छ ।

दोश्रो दिने धोबाधिबाट यात्रा शुरु गरी रम्भादेवी मन्दिर,ताहुँ बजार,बिर्कोट,रामपुर हुदै भिमाद बजार पुग्ने छ । तेश्रो दिन भिमाद बजार देखि खैरेनीटार,जामुने भन्ज्यांग,चापाघाट हुदै मानुंगकोट सम्म पुग्ने संयोजक खरेलले जानकारी दिए । चौथो दिन मनुग्कोट देखि दमौली बजारसम्म साइकलमा पुग्ने छ । दमौलीबाट भैरहवा भने बस मार्फत फकिृने छन् । यात्रामा १६ जना साईकल यात्री सहभागी रहेका छन् । साईकल सिटिले यस अगाडी आन्तरिक पर्यटन प्रर्बधनका लागी भैरहवा देखी वर्दिया सम्मको यात्रा गरिसकेको छ ।


