Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

पुर्ब गृहमन्त्रीले भने ५ दलको प्रधानमन्त्री कोहो हाम्रो केपी ओलि हो


  • लुम्बिनी चिन्तन
  • कार्तिक ३, २०७९ बिहिवार
  • 290
    SHARES

पुर्ब गृहमन्त्रीले भने ५ दलको प्रधानमन्त्री कोहो हाम्रो केपी ओलि हो


भैरहवा कार्तिक ३/
पुर्ब गृहमन्त्री निरन्जन थापाले यसपटकको मुद्दा  रास्ट्रियताको मुद्दा  भएको हुंदा ३ दललाई नै जिताउनु पर्ने बताउनु भएको छ । तिन दलले जिते नेपालको प्रधानमन्त्री केपी ओलि हो । ५ दलले चुनाव जिते को हो प्रधानमन्त्री ? थापाले भन्नु भयो , यिनिहरु प्रधानमन्त्रीको कुरामै १ बर्ष लडाइँमा पर्ने मुलुक द्वन्दमा पर्ने बन्धकमा पर्ने हुंदा हामीलाई मत दिनुहोस थापाले भन्नु भयो । 
जसपाका नेता रुपन्देही क्षेत्र नं ३ क प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले ३ दलिय उम्मेदवारका उम्मेदवारको बिजय सुनिश्चित भएको बताउनु भयो । मलाई एक पटक सेवा गर्ने मौका दिनुहोस यदि म तपाईंका बिचमा खरोरुपमा उत्रिएन भने फेरी मत माग्न आउंदिन । यादवले भन्नु भयो । 
सिद्धार्थनगर ४, मायादेवी गाउंपालिका वडा नं ७,८, सियारी गाउंपालिका १, बुटवल उपमहानगर पालिका १४,१५,१६ मा राप्रपा,एमाले र जसपाको वडा प्रचार प्रसार कार्यालय राप्रपाका वरिष्ठ नेता, पुर्ब मन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नं ३ का उम्मेदवार दिपक बोहरा, जसपाका नेता तथा प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले उद्घाटन गर्नु भएको थियो । 
नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य बिश्वराज बराल अनुपले आर्थिक बिकास र समृद्धिका लागि भ्रष्टाचार बिरोधका निम्ति तालमेल भएको बताउनु भयो ।  सबैले सबैलाई सम्मान गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार यहीँका उम्मेदवार लाई बिजयी बनाउन आग्रह गर्नु भयो । गृहमन्त्रीको समुह पद र स्वार्थको निम्ति गठबन्धन छ तर हामी त्यसको बिरोधमा गठबन्धन गरेका हौं । 
राप्रपाका मायादेवी गाउंपालिकाका प्रबक्ता लेख बहादुर खड्का लेखु, राप्रपाका युवा नेता दिपक बिष्ट लगायतले मन्तव्य राख्नु भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार