भैरहवा असोज २३,
नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले आइतबार रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवारका रुपमा मनोनयनपत्र दर्ता गराउनु भएको छ ।

सत्ता गठबन्धको सर्मथनमा स्वतन्त्र वामपन्थी उम्मेदवारका रुपमा उमेदवारी दर्ता गराएको भुषालले बताउनु भयो ।
आइतबार बिहान आफ्नो घरमा पत्रकार सम्मेलन गरेर आफू स्वतन्त्र वामपन्थी बिचारकका रुपमा उम्मेदवार बन्न लागेको जानकारी दिनु भएको थियो । साथै आप्नौ उमेदवारी लाई सत्ता गठबन्धनले साथ दिएको बताउनु भयो ।
गठबन्धनको समर्थनमा उम्मेदवार बनेको छु माओवादीले आफ्नो चुनाव चिन्ह लिएर उम्मेदवार बन्न आग्रह गरेको थियो तर म स्वतन्त्र उम्मेदवारी दिएको छु । म प्रति सदासयता देखाईदिनु भएकोमा माओवादी पार्टीलाई धन्यवाद दिन्छु ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत सामाजबादीका अध्यक्ष माधव नेपाल संग सल्लाह गरेर आफूलाई गठबन्धनको समर्थन रहने जानकारी दिनु भएको छ । अब म आयोगले दिने चुनाव चिन्ह मार्फत निर्वाचन लड्छु ।
क्षेत्रनं १ मा गठबन्धनबाट प्रदेशतर्फ (क)मा काँग्रेसका विश्वनाथ यादव र (ख)मा काँग्रेसकै अब्दुल रज्जाकले उम्मेदवारी दर्ता गराउनु भएको छ । गठबन्धनमा यो क्षेत्र माओवादीको भागमा परेको थियो ।
यसै बिच एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यो क्षेत्रमा एमाले संगको गठबन्धनबाट प्रदेशतर्फ (क) मा राप्रपाका आशिष चौधरी र (ख)मा दधिराम न्यौपानेले उम्मेदवारी दिनु भएको छ ।