Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गृहमन्त्री खाँणद्धारा रुपन्देही–३ मा उम्मेदवारी दर्ता


  • लुम्बिनी चिन्तन
  • आश्विन २३, २०७९ आइतवार
  • 406
    SHARES

गृहमन्त्री खाँणद्धारा रुपन्देही–३ मा उम्मेदवारी दर्ता


भैरहवा असोज २३/
गृहमन्त्री  बालकृष्ण खाँणले रुपन्देही क्षेत्रनं ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना समर्थकसहित पुगेर खाँणले उम्मेदवारी दर्ता गराउनु भएको हो । सत्तारुढ गडबन्धनमा कांग्रेस, माओवादी, एकीकृत सामाजबादी, लोसपा, जनमोर्चाको तर्फ बाट प्रदेस सभामा क्षेत्र नम्बर ३ (क) बाट लोसपाका सन्तोषकुमार पाण्डेय र (ख)बाट काँग्रेसका रामचन्द्र ढकालले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ ।


२०७४ को निर्वाचनमा समानुपातिक उम्मेदवार रहनु भएका गृहमन्त्री खाँण यसपटक प्रत्यक्ष निर्वाचनमा रुपन्देही क्षेत्रनं ३ बाट उमेदवार बन्नु भएको हो  । गठबबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएका खांड भैरहवाको गल्लामण्डीमा रहेको सम्पर्क कार्यालयमा बाट कार्यकर्ता सहित उमेदवारी दर्ता गर्न पुगेको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिनु भयो । 

नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका गृहमन्त्री खाँणले आन्तरिक लोकतन्त्र, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नु भयो । 


लुम्बिनी चिन्तन

थप समाचार