Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राप्रपा बरिष्ठ नेता दीपक बोहराद्धारा रुपन्देही–३ बाट उम्मेदवारी दर्ता


  • लुम्बिनी चिन्तन
  • आश्विन २३, २०७९ आइतवार
  • 306
    SHARES

राप्रपा बरिष्ठ नेता दीपक बोहराद्धारा रुपन्देही–३ बाट उम्मेदवारी दर्ता


भैरहवा असोज २३/
रुपन्देही क्षेत्रनं ३ बाट राप्रपा बरिष्ठ नेता दीपक बोहराले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेकपा एमाले र जसपा संगको सर्मथनमा बोहोराले उमेदवारी दर्ता गराउनु भएको हो । रुपन्देही क्षेत्रनं ३ को क बाट प्रदेश सभामा जसपाका महेन्द्र यादवले मनोनयन दर्ता गराउनु भएको छ  भने नेकपा एमालेको तर्फ बाट प्रदेश ख मा तुलसी चौधरीले मनोनयन दर्ता गराउनु भएको छ ।

d k.jpg
आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उम्मेदवारी दर्ता गराउनु भएको हो । 
गत निर्वाचनमा पनि बोहोरा यसै क्षेत्रबाट उमेदवारी दिनु भएको थियो । अघिल्लो निर्वाचनमा नेपाली काग्रेसको समर्थन रहेको बोहरालाई बाम गठबन्धनका उमेदवार घनश्याम भुसालले पारिजत गर्नु भएको थियो । 
यसपटक बोहारा गृहमन्त्री बालकृण खाँण संग प्रतिशप्रधा गर्दै हुनुहुन्छ । नेकपा एमाले र जसपाको साथ रहेको यस निर्वाचनमा आफुले भारी मतका साथ निर्वाचन जित्ने उहाको दावी छ । 
२०७४ सालको निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस–राप्रपा गठबन्धनबाट बोहोरा उम्मेदवार रहनु भएको थियो । रुपन्देही क्षेत्र नम्बर ३ (क)बाट जसपाका केन्द्रीय सदस्य महेन्द्र यादव २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहनु भएको थियो । क्षेत्र नम्बर ३ (ख)बाट प्रदेशसभामा एमालेका तुल्सी प्रसाद चौधरी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।


लुम्बिनी चिन्तन

थप समाचार