भैरहवा असोज २३/
नेकपा एमाले परित्याग गर्नु भएका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । भुसालले आईतबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको जानकारी गराउनु भएको हो ।
आफुलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको सो अवसरमा बताउनु भयो ।
मलाई नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफुले स्वतन्त्रबाटै उम्मेदवारी दिन चाहेको छु जस्ले मलाई माओवादी बाट चुनाव लड्न आग्रह गर्नु भएको छ उहाहरुलाई धन्यवाद दिन चाहन्छु भुषालले भन्नु भयो ।
मलाई हिजो माओवादीका साथीहरुले बिनम्रतापूर्व आफ्नो पार्टीको चुनाव चिन्ह लिएर स्वतन्त्रमा उम्मेदवारी दिन आग्रह गर्नु भएको थियो । कमरेड प्रचण्डले पनि आग्रह गर्नुभयो । तर मैले स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताएँ उहाले भन्नु भयो । माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनमा प्रधानमन्त्री र माधव कमरेडसँग कुरा गर्नुपर्छ भन्नुभयो । मध्यराती १२ बजे उहाँहरुले मलाई समर्थन गर्ने जनाउनु भयो आज म गठबन्धनको सर्मथनमा रुपन्द्येही क्षेत्रनं १ बाट स्वतन्त्र उमेदवारको तर्फ बाट मनोनयन दर्ता गर्दैछु भुसालले भन्नु भयो ।
प्रचण्डले आफ्नो तर्फबाट कुनै उम्मेदवारी नदिई मलाई सघाउ गर्ने प्रतिवद्धता जनाउनु भएको छ पत्रकार सम्मेलनमा भन्नु भयो ।