Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धिविनायक पोलिक्लिनीक प्रा लि र प्राईम कमर्सियल बैक बिच सम्झौता


  • लुम्बिनी चिन्तन
  • आश्विन ११, २०७९ मंगलवार
  • 388
    SHARES

सिद्धिविनायक पोलिक्लिनीक प्रा लि र प्राईम कमर्सियल बैक बिच सम्झौता


भैरहवा असोज ११/
सिद्धिविनायक पोलिक्लिनीक प्रा लि बेथरी र प्राईम कमर्सियल बैक लिमिटेडबीच बैकका शेयरधनी,कर्मचारी तथा ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता भएको छ । 
बैंकका महाप्रबन्धक र पोलिक्लिनीकका प्रबन्ध निर्देशक डा मानबहादुर प्रजापतिबीच फार्मेसी, ल्याब, अल्ट्रासाउन्ड, इसिजीलगायतका सम्पुर्ण सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको हो । 
बिगत चार बर्ष देखि बेथरीमा संचालन भइरहेको पोलिक्लिनिकले निशुल्क ओपिडी सेवा तथा निशुल्क मधुमेह (सुगर) परीक्षण गर्दै आइरहेको छ । बेथरीमा संचालन भएको पोलिक्लिन्किले मर्चवार क्षेत्र र अन्य ग्रामीण जनतालाई निकै लाभ पुगेको छ ।
पोलिक्लिनिकमा २४ सै घण्टा इमर्जेन्सी सेवा, उपलब्ध रहेको डा. प्रजापतिले बताउनु भयो ।  प्राईम बैंकका कर्मचारी तथा परिवार , शेयरधनी र कर्जा तथा बचत खाता खोली डिजिटल सेवा लिएका ग्राहकले उक्त सेवा लिनका लागि एटियम, क्यूआर कोड, क्रेडिट कार्डबाट मात्र भुक्तानी दिनुपर्ने छ । कर्मचारीले भने परिचय पत्र  पेश गर्नुपर्ने छ ।  

 


लुम्बिनी चिन्तन

थप समाचार