भैरहवा असोज ९/
विश्व फर्मासिस्ट दिवसको अबसरमा भैरहवामा प्रभातफेरी कार्यक्रम गरि मनाईएको छ ।
’फर्मासिस्ट ःतपाईको औषधि विशेषज्ञ’ भन्ने मुल नाराको साथ् विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाईएको हो ।
युनिभर्षल फर्मा सोसाईटि नेपालको आयोजनामा भैरहवामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको थियो । बिरामीको उपचारको निम्ति जति डाक्टरको भूमिका हुन्छ त्यति नै महत्वपूर्ण भूमिका फर्मासिस्टको पनि हुन्छ हुन्छ भन्ने सन्देश दिने नारा यसवर्ष तय गरिएको हो ।

प्रभातफेरीमा हरेक अस्पतालले आफ्नै फार्मेसी संचालन गर्नु पर्ने नियम कार्यान्वयनमा लिएर आउनुपर्ने, औषधि बिक्री फर्मासिस्टले मात्र गर्नुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा फार्मेसीको टेवा, अवैध औषधि पसल बन्द गर, ईजाजत प्राप्त फार्मेसिस्ट र फार्मेसीबाट मात्र औषधि लिने बानि बसालौ लगाएतका नाराहरु लेखिएको पप्लेट सहित सहभागी प्रभातफेरीमा सहभागी भएको युनिभर्षल फर्मा सोसाईटिका अध्यक्ष राकेश प्रसाद पासवानले जानकारी दिनु भयो ।

मेडिकल कलेज बाट सुरु भएको प्रभातफेरी कार्यक्रम भैरहवाको बिभिन्न स्थानहरुको परिक्रमा गरि पुन मेडिकल कलेजमै पुगी समापन भएको थियो ।