Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


  • लुम्बिनी चिन्तन
  • आश्विन ८, २०७९ शनिवार
  • 668
    SHARES

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

 

भैरहवा असोज ८
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको आयोजनमा शनिवार भैरहवामा एकदिने निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । 
सिद्धार्थनगर नगरपालिका–११ स्थित भुजौली स्थित स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा तिन सय बढीले सेवा लिएको कार्यक्रम संयोजक तेजेन्द्र यादवले जानकारी दिनु भयो ।

aaaaaaaaaaaaaaa.jpg
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवाको प्राबिधिक सहयोगमा भएको शिविरमा मधुमेह , छाला रोग , लगायतका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको लायन्स सिद्धार्थनगर प्रोग्रेसिभ वर्ष २०२२÷२३ का अध्यक्ष सुनिल सेन्चुरीले बताउनु भयो । 
शिविरमा डा. संजय शाह, ममता बनिया, स्वास्थ्य चौकी र सिद्धार्थनगर–११ वडा कार्यालयको सहयोग रहेको थियो  । त्यस्तै एलसीआईएफबाट निःशुल्क मधेमह परीक्षणमा सहयोग रहेको सेन्चुरीले बताउनु भयो । शिविरमा आएका बिरामीमा छाला र हाडसम्बन्धी समस्या देखिएको थियो । 

222222222222.jpg
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी)का डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले क्लब स्थापनादेखि नै लायन्स सिद्धार्थनगर प्रोग्रेसिभले धेरै राम्रो कार्यक्रम गरेको बताउनु भयो । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै क्लबले मधुमेह परीक्षण शिविर सञ्चालन गर्नु सराहनीय रहेको बताउनु भयो ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष दिलिप कुमार यादवले क्लबले स्वास्थ्यको क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नु भयो ।

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका सचिव संजोगराज तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

333333333333.jpg


लुम्बिनी चिन्तन

थप समाचार