Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देही जिल्लाको ह्यान्डबल खेलाडीहरुको छनौट सम्पन्न


  • लुम्बिनी चिन्तन
  • आश्विन ५, २०७९ बुधवार
  • 390
    SHARES

रुपन्देही जिल्लाको ह्यान्डबल खेलाडीहरुको छनौट सम्पन्न


भैरहवा असोज ५/
असोज २८ गते देखि कार्तिक ३ गते सम्म पोखरामा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने लुम्बिनी प्रदेशको टिमका लागि ह्यान्डबल खेलको प्रादेशिक छनौटका लागि रुपन्देही जिल्लाको ह्यान्डबल खेलाडीहरुको छनौट सम्पन्न भएको छ ।

रुपन्देहीको भैरहवामा भएको छनौटमा पुरुष तर्फ आकाश राना, अकृश राज शाक्य, हेमन्त थापा, सुजन नेपाली, बिष्णु चौधरी, हरी नारायण चौधरी, प्रथम गुरुंग, किरण अस्लामी, राजेश चौधरी, ओम बहादुर थापा,  रोहित थारु, शरण क्षेत्री रहेका छन् । हेमन्त थापा र शरण क्षेत्री यस अघिको दक्षिण एशियाली खेलमा सहभागी भैसकेका खेलाडी हुन् । त्यसै गरी महिला तर्फ अर्चना न्यौपाने, ममता कुमारी बानिया, मयुरी श्रेष्ठ, समिता गुरुंग,मनिता गुरुंग, ऐीनजला पुन,छाया बिक, अञ्जु न्यौपाने, एकता कुवर, गोमा शाहा,रञ्जना न्यौपाने र शान्ती शाही छनौट भएको प्रशिक्षक कृष्ण बहादुर शाक्यले बताए ।  

छनौट भएका खेलाडीहरु दांगमा हुने प्रादेशिक छनौट खेल खेल्न बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । खेलाडीहरुलाई रुपन्देही ह्यान्डबल संघले एक कार्यक्रमका आयोजना गरी बिदाई गरेको छ ।

उनिहरुलाई संघका जिल्ला अध्यक्ष एवं बरीष्ठ प्रशिक्षक जिवन बस्नेत, सचिब सफल बस्नेत, ह्यान्डबलका पुर्ब खेलाडी तथा संघका सदस्य मनोरञ्जन शर्मा लगायतले टिका लगाई खादा ओढाई बिजयी हुन शुभकामना साथ बिदाई गरेका थिए । दांगमा असोज ६ र ७ गते छनौट प्रतियोगिता हुदैछ ।


लुम्बिनी चिन्तन

थप समाचार