Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

श्रीकृष्ण नेत्रालय वुटवलमा एक महिने निशुल्क आँखाको पर्दा जाँच शिविर जारी


  • लुम्बिनी चिन्तन
  • आश्विन ५, २०७९ बुधवार
  • 1.8K
    SHARES

श्रीकृष्ण नेत्रालय वुटवलमा एक महिने निशुल्क आँखाको पर्दा जाँच शिविर जारी


भैरहवा असोज ५/
श्रीकृष्ण नेत्रालय प्रा. लि भैरहवाले एक महिने लामो निशुल्क आँखाको पर्दा जाँच शिविर वुटवलमा सुरु गरेको छ । 
असोज १ गते देखी ३१ गते सम्म मधुमेह तथा उच्च रक्तचाप भएका सबै बिरामीहरुको निशुल्क आँखाको पर्दा जाँच गरिने वरिष्ठ रेटिना (आँखाको पर्दा) सर्जन डा. रोसिजा खनालले जानकारी दिनु भयो ।
विलासी जिवनशैलीको खानपान ले मधुमेह तथा उक्त रक्तचाप जस्ता समस्याहरु दिन प्रतिदिन बढदो स्तरमा रहेकोले ।ीकृष्ण नेत्रालयले बुटवलमा एक महिने कार्यक्रम गर्न लागेको डा खनालले जानकारी दिनु भयो । 
मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरुले प्रत्यक्ष रुपमा आँखामा नकरात्मक असर पार्ने तथा दृष्टि विहिन सम्म बनाउन सक्ने हुदा मधुमेह तथा उच्च रक्तचापका समस्या भएका महानुभव हरुले निःशुल्क रुपमा आँखा तथा आँखाको पर्दा जाँच गर्न नेत्रालयले आग्रह गरेको छ । 
श्रीकृष्ण नेत्रालय प्रा. लि. वुटवलमा गराई आफनो आँखाको स्वस्थ स्थिती बारे जानकारी र सेवा लिन नेत्रालयका निर्देशक प्रा.डा. सलमा के.सी. सम्पूर्ण सर्वसाधारणमा आव्हान गर्नु भएको छ ।
  


लुम्बिनी चिन्तन

थप समाचार