भैरहवा भदौ १८,
राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले पार्टी परित्याग गर्नु भएको छ ।
केही हप्ता पहिले उपाध्यक्ष पदबाट राजिनामा दिएका गुप्ताले पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको जानकारी दिनु भएको छ । उपाध्यक्ष पदवाट साउन २७ गते राजिनामा दिनु भएको थियो ।
राजिनामा स्वृकृत नभएको अवस्थामा आज उहाले पुन पार्टी सदस्य परित्याग गरेको घोषणा गर्नु भएको छ । पार्टी अध्यक्ष सागर प्रताव राणालाई सम्बोधन गरी गुप्ताले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको थियो । राजिनामाको बिषयमा केही उल्लेख नभए पनि उहाले पार्टी भित्र युवाहरुलाई स्थान दिनु पर्ने बहस चलाउदै आउनु भएको थियो ।

साथमा बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा राप्रपाको तर्फ बाट सिद्धार्थनगर नगरपालीकाको उपमेयर पदमा उमेदवारी दिनु भएका बिनिता गुप्ताले पनि पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ ।
बिनिता स्थानिय तहमा उपमेयरको पदको उमेदवार रहदा ६५ सय ४४ मत प्राप्त गरि दोस्रो स्थानमा रहनु भएको थियो ।
पार्टीका उपाध्यक्ष समेत रहेका गुप्ता युवाहरु माझ लोकप्रिय मानिन्छन् । नेपाल भारत अवध मैत्रि समाज रुपन्देहीका अध्यक्ष , लुम्बिनी ईटा उधोग ब्यावसायि संघका जिल्ला अध्यक्ष समेत रहेका गुप्ता बिभिन्न संघसंस्थामा आबद्ध द्धन् भने पुर्ब नगर बिकास समितीका पुर्ब अध्यक्ष पनि थिए ।