भैरहवा भदौ १८
कोपिला खेलकुद तथा साँस्कृतिक संस्था तिलोत्तमा ८ रुपन्देहीको आयोजनामा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सिटि अस्पताल सिद्धार्थनगरको प्राबिधिक सहयोगमा आयोजना गरिएको शिबिरमा २ सय २५ जनाले लाभ लिएका थिए । शिबिरमा मृगौला सम्बन्धी, बालबालीका सम्बन्धी र फिजिसियन सेवा प्रदान गरिएको क्लबका अध्यक्ष प्रतिक पाण्डेयले जानकारी दिनु भयो ।
तिलोतमा नगरपालिकाका नगर प्रमुख राम कृष्ण खांणको प्रमुख आथित्यतामा तथा वडानं ८ का वडाअध्यक्ष कृष्ण प्रसाद पौडेलको आथित्यतामा सम्पन्न कार्यक्रममा डा. बावुराम ज्ञवालि, डा. सुबोध कुमार पाण्डेय , लगायतको आथित्यता रहेको थियो ।
क्लबका अध्यक्ष प्रतिक पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिल्लीराम भट्र्रराईको स्वागत तथा तुल्सीराम न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो