भैरहवा भदौ १५,
पांच महिनाको अवधिमा भिम अस्पताललाई थप ब्यवस्थित गर्दै अस्पताल ब्यावस्थापन समितीका अध्यक्ष कुल प्रसाद न्यौपाने बुधवार बिदा भएका छन् ।
सरकार परिवर्तन भए संगै तत्कालीन अध्यक्ष नारायणप्रसाद भण्डारीलाई हटाएर लुम्बिनी प्रदेश सरकारले २०७८ फागुन २३ गते न्यौपानेलाई अध्यक्ष नियुक्ति गरेको थियो । दुई वर्षको कार्यकालका लागि नियुक्त भए पनि समयावधि रहँदै आफूलाई हटाएको भन्दै भण्डारी सर्वोच्च अदालत पुग्नु भएको थियो । अदालतले भण्डारीलाई अध्यक्षमा यथावत राख्न अन्तरकालीन आदेश दिए पछि अध्यक्ष न्यौपानेले बुधवार पत्रकार सम्मेलन गरि आफुले गरेका कामहरुको बारेमा जानकारी गराउदै अध्यक्ष पद छाडेको बताउनु भयो ।
आफू व्यवस्थापन समितिमा रहेर काम गर्दा सुधारको प्रयास गरेको बताउदै आफुलाई हरक्षेत्रबाट सहयोग पुराउने अस्पतालका कर्मचारी सुभेच्छुकहरु प्रति धन्यवाद दिनु भयो । अस्पतालको सेवा प्रवाह र स्तर बृद्धिका लागि सक्दो प्रयास गरेको बताउदै म जति दिन यहाँ जिम्मेवारीमा रहेर काम गरेँ, सधै अस्पतालको सेवामा समर्पित भएँ, आगामी दिनमा पनि रहने छु संचारकर्मी संग न्यौपानेले भन्नु भयो ।
पत्रकार सम्मेलनमा न्यौपानेले सीमित कर्मचारीबाट बढी सेवा प्रवाहका लागि आफूले काम गरेको बताउनु भयो । आफू व्यवस्थापन समिति अध्यक्षमा हुँदा आन्तरिक आय बृद्धि गर्नका लागि स्वास्थ्य बीमालाई प्रभावकारी बनाएको, सटर टेण्डर तथा आगामी वर्षमा गरिने कामहरुलाई व्यवस्थित तरिकाले गर्न–गराउन योजना बनाएर बजेट विनियोजन गरेको बताउनु भयो ।
विशेषज्ञ सेवा प्रवाहका लागि विशेषज्ञ चिकित्सक राख्न बजेट बिनियोजन गरेको, अस्पतालको सेवा प्रवाहमा सहजता ल्याउन स्वास्थ्य उपकरण तथा जनशक्ति आवश्यक भएकाले प्रदेश सरकारसँग माग गरिएको उहाले बताउनु भयो । नाक, कान, घाँटी र छाला सम्बन्धी सेवा यही साउनदेखि सुरुवात गरिएको बताउनु भयो । आफूहरुको पहलमा सिटीस्क्यान मेसिन पनि केही समयमा जडान हुने तयारीमा रहेको , अस्पतालबाट निस्किने फोहोर व्यवस्थापन गर्न तथा पार्किङ निर्माणका लागि सिद्धार्थनगर नगरपालिका मार्फत् एक करोड रुपैयाँ बजेट छुट्याउन सफल भएको उहाले बताउनु भयो ।
लीलाराम–कुन्तीदेवी ट्रस्टद्वारा निर्माण गरिएको इमरजेन्सी भवन निर्माण गर्न पहल गरेको , अत्याधुनिक प्रसूति भवन निर्माण प्रक्रिया अघि बढेको बताउदै बजेट अभावमा चाहे जति काम हुन नसके पनि धेरै सुधारका प्रयास भने आप्नौ कार्यकालमा भएको न्यौपानेले बताउनु भयो । अस्पतालको स्तरिकरणका लागि आफू पदमा नरहे पनि निरन्तर खटेर काम गर्ने प्रतिबद्धता जनाउदै बुधबार देखी अध्यक्षको पद छाडेको छु न्यौपानेले भन्नु भयो ।