Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेपालका अधिकांश सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले बनेका छैनन् : प्रधानमन्त्री


  • लुम्बिनी चिन्तन
  • भाद्र १२, २०७९ आइतवार
  • 456
    SHARES

नेपालका अधिकांश सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले बनेका छैनन् : प्रधानमन्त्री

भैरहवा भदौ ११/

नेपालका अधिकांश सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । 

बुटवल उपमहानगर पालिका वार्ड ८ रामनगरमा सङ्घीय सरकारले निर्माण गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको  उद्घाटन गरेपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले अव्यवस्थित सहरका कारण स्वास्थ्य विपद् लगायत सामाजिक विकृतिहरु निम्त्याउने बताए ।

नेपालको कुल जनसंख्याको दुई तिहाई सहरी क्षेत्रमा बसोबास गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनियन्त्रित बसाइँ सराइ रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित सहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।


लुम्बिनी चिन्तन

थप समाचार