Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी साँस्कृतिक नगरपालिकामा उत्पन्न आन्तरिक विवादका कारण कार्यालयको काम प्रभाबित ।


  • लुम्बिनी चिन्तन
  • श्रावण २४, २०७९ मंगलवार
  • 1.2K
    SHARES

लुम्बिनी साँस्कृतिक नगरपालिकामा उत्पन्न आन्तरिक विवादका कारण कार्यालयको काम प्रभाबित ।

भैरहवा साउन २४ /
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा उत्पन्न विवाद समाधान नहुँदा कार्यालयको काम प्रभाबित बनेको छ । साउन १ गतेदेखि विवादित बनेको नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिहरु बीचको आपसी द्वन्दले सेवाग्राही मर्कामा परेका छन् । 
नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान तथा प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले मनोमानी गर्दा कार्यालयको काम काजनै भद्रगोल बनेको आरोप लागेको छ । नगपालिकामा करारका कर्मचारीहरुको बर्खास्ती तथा नियुक्तिको विषयबाट उत्पन्न विवादसँगै प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले राजनीतिक स्वार्थ अनुरुप काम गर्दा थप समस्या उत्पन्न भएको उपप्रमुख कल्पना हरिजनले गुनासो गर्नु भयो । 
नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गोप्य रुपमा टिप्पणी उठाएर यही साउन १ गतेदेखि करारमा रहेका ९ जना कर्मचारीलाई बर्खास्त गरी १३ जना नयाँ कर्मचारी भर्ना गरेपछि विवाद उत्पन्न भएको उहाले बताउनु भयो । 
नयाँ कर्मचारीलाई भर्ना गर्ने निर्णय गरेपछि विदामा बसेका प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले निर्णय कार्यान्वयनका लागि निमिक्त प्रमुख रचना गौतम पाण्डेय क्षेत्रीलाई निर्देशन गरेपछि विवाद बाहिर आएको हो । 
निमिक्त प्रमुख रचना पाण्डेयले कर्मचारी बर्खास्ती तथा नयाँ भर्ना सम्बन्धि निर्णय कानून सम्बत नदेखेपछि नगरप्रमुख तथा उप्रमुखसँग सल्लाह गरेकी थिइन् । कार्यपालिकामा निर्णय नगराई फर्जि निर्णय गराई कर्मचारी हटाउने तथा नयाँ कर्मचारी भर्ना गर्ने विषयमा आफूहरुले बिरोध जनाउँदै आएको उपप्रमुख हरिजनले दाबी गनु भयो । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी ढंगले काम गरेको भन्दै उप्रमुखसहित कार्यापालिकाका १३ जना सदस्यहरुले बिरोध जनाएका छन् । 
२३ जनाको कार्यपालिका रहेको लुम्बिनी साँस्कृतिक नगरपालिमा जनप्रतिनिधिहरु २ खेमामा बाधिएर आरोप प्रत्यारोपमा लागेका छन् । प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गर्ने विषयमा समेत मनोमानी गरेको भन्दै थप विवाद चर्किएको छ ।

नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कर्मचारी नियुक्तिमा मनपरी गरेका छन् । उनीहरूले आफन्तलाई कर्मचारीका रूपमा  नियुक्ति दिएका हुन् । नगर प्रमुख सजरुद्धिन मुसलमानले नगरपालिकाको वडा नम्बर–३ को अहेवमा आफ्ना छोरा जमिल अहमद खाँन र वडा नम्बर ६ को सब–इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई करारमा नियुक्त गरेका छन् । 

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले आफ्ना साला विभास त्रिपाठीलाई कम्प्युटर अपरेटर (प्राविधिक सहायक पाँचौ तह) मा नियुक्ति दिलाएका छन् । नगरपालिकाले पुराना सेवा करारका ११ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना परिवार र आफन्तलाई नियुक्ति दिएको हो ।


लुम्बिनी चिन्तन

थप समाचार